रोमानियामा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ जेठ । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा युरोपियन मुलुक रोमानियमा राज चाम्लिङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा प्रवास समिति रोमानिया गठन भएको हो ।

समितिको सदस्यहरुमा कमल नेपाली, साजन देवान, भुभिन गुरुङ, भगिहाङ लिम्बु, सुकान्त राई, प्रितम लिम्बु र राजेश याक्सो रहेको मोर्चाको कार्यालय सचिव खगेन्द्र माखिमले बताए ।

केही दिन अघि मोर्चाको मलेसिया समिति र यूकेका केही क्षेत्रीय समितिहरु विस्तार गरिएको थियो । यसैगरी मोर्चाले आगामी दिनमा अन्य प्रवास समितिहरुपनि गठन गर्ने नेता माखिमले लिम्बुवान खबरलाई बताएका छन् ।

हाल रोमानिया लगायत पोर्चुगल, माल्टा, साइप्रस लगायतका युरोप देशहरुमा नेपाली कामदारको माग उच्च रहेको स्रोतको दावी छ ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...