किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ अध्यक्षमा डम्बरबहादुर पालुङवा

,   लिम्बुवान न्युज
                       

दमक, झापा २२ जेठ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको दशौं अधिवेशन सम्पन्न भएको छ ।
बुधबार जिल्लाको फुङलिङमा सम्पन्न अधिवेशनले डम्बरबहादुर पालुङवाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा रीता मादेन र केदारजङ ताप्मादेन, सचिवमा सरोज कङलिबा याक्थुङ्, सहसचिवहरुमा कमला पालुङ्वा र कैलाश पालुङ्वा त्यसैगरी कोषाध्यक्षमा संगीता मादेन निर्वाचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा सन्तोष सावदेन, प्रदिप तबेबुङ, समीर मावो, सिर्जना सबेहाङ, उदय लिवाङ, प्रदिप सवेहाङ, आकास ताप्मादेन, डिल्ली थेवे, कुमार खिम्दीङ, पूर्ण पालुङवा, सर्न फुरुम्बो (शुरेस), श्री लिङखिम र देउमान प्रताव लिम्बु निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालचन्द्र आङबुहाङले वताए ।

कार्यक्रम फुङ्लिङ बजारस्थित स्नोलेउपार्ट होटलको सभाहलमा उद्घाटनसत्र सहित बन्दसत्र कार्यक्रम एकदिन सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;