झापाको उभौली साकेला कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २५ जेठ । किरात राई यायोक्खा जिल्ला समिति झापाको आयोजनामा भएको साकेला सिल्ली समापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको कमल ४स्थित सितापुरीस्थित साकेला थानमा भव्य रुपमा सम्पन्न भएको हो ।

झापा जिल्लाको १५ वटैं पालिकाबाट आएका साकेला नृत्य, त्यसैगरी छिमेकी जिल्लाहरु इलाम, मोरङ र पाँचथरबाट आएका साकेला टोलीहरुले आ–आफ्नो सिल्ली प्रस्तुत गरेका थिए ।

वैशाखे पूर्णिमादेखि किरातजातीहरु राई, लिम्बु, याक्खा, सुनुवार लगायत जातीहरुले गर्मी मौसममा बर्षभरी खाने धान, मकै, कोदो लगायतका अन्नबाली लगाउँदै आफ्नो पितृ तथा प्रकृतिलाई पुँजा गर्दै यो पर्व मान्ने परम्परा रहेको छ । विशेष गरी राई जातीहरुले उभौलीमा साकेला नाच्दै पूर्खाहरुको सम्मान गर्ने र प्रकृतिलाई राम्रो अन्नबाली पलोस् भनेर पुजा गर्ने परम्परा रहेको छ ।

कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिं राई, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, शसस्त्र प्रहरी बलका प्रमुख, इलाका प्रहरी कार्यालय दमकका प्रमुख, किरात राई यायोक्खाका केन्द्रीय नेताहरु, जिल्लाका नेताहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव सुसन राईले गरेका थिए ।

साकेला सिल्ली कार्यक्रम सहित मनोरञ्जनात्मक खेल तामासाहरु, विभिन्न जातीहरुको सांस्कृतिक परिकारका खानपान सहित मेलामा हजारौंको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...