मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

 लिम्बुवान न्युज
                       

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन ।

आज याम बहादुर सुक्वाबाको घर मेयङलुङ ९ लुङनामफुङमा गएर उनको स्वास्थ स्थिति बुझेका हुन ।

यो संगै घाइतेको श्रीमती, आमा र छोराछोरी संग समेत छलफल गरि आगामी दिनमा साथ सहयोग बारे परामर्श गरेका थिए । घाइते सुक्वाबालाई फिलामा गोलि लागि फिलाको अपरेसन पछि नियमित स्वास्थ्य उपचारमा हुनुहुन्छ ।

मुक्कुमलुङमा सरकारको संरक्षणमा दलालहरुले निर्माण गर्न खोजेको केवलकार खारेजी आन्दोलन निरन्तर चलिरहेको छ । उहाले कुनै पनि हालतमा केवलकार निर्माण गर्न नहुने तर्क दोहोर्याउनु भयो ।

भेटघाट कार्यक्रममा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति तेह्रथुम संयोजक सेसेहाङ हुक्पा चोङबाङ, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष टंकमाया तिगेला, जिल्ला सचिब राजकुमार तेयुङ, सह-सचिव सुबिन्द्र थेगुवा, संयुक्त पहिचानवादी मोर्चाका संघीय सदस्य कृष्ण कटुवाल, किरात याक्थुङ चुम्लुङ मेयङलुङ नगर अध्यक्ष साम थाम्देन लाजेहाङ फोर्सका उप कमान्डर वीर बहादुर सुक्वाबा, स्थानीय बुद्धिजीवी डम्बर सिङजागु, लोक ब. सुक्वाबा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...