मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

 लिम्बुवान न्युज
                       

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन ।

आज याम बहादुर सुक्वाबाको घर मेयङलुङ ९ लुङनामफुङमा गएर उनको स्वास्थ स्थिति बुझेका हुन ।

यो संगै घाइतेको श्रीमती, आमा र छोराछोरी संग समेत छलफल गरि आगामी दिनमा साथ सहयोग बारे परामर्श गरेका थिए । घाइते सुक्वाबालाई फिलामा गोलि लागि फिलाको अपरेसन पछि नियमित स्वास्थ्य उपचारमा हुनुहुन्छ ।

मुक्कुमलुङमा सरकारको संरक्षणमा दलालहरुले निर्माण गर्न खोजेको केवलकार खारेजी आन्दोलन निरन्तर चलिरहेको छ । उहाले कुनै पनि हालतमा केवलकार निर्माण गर्न नहुने तर्क दोहोर्याउनु भयो ।

भेटघाट कार्यक्रममा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति तेह्रथुम संयोजक सेसेहाङ हुक्पा चोङबाङ, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष टंकमाया तिगेला, जिल्ला सचिब राजकुमार तेयुङ, सह-सचिव सुबिन्द्र थेगुवा, संयुक्त पहिचानवादी मोर्चाका संघीय सदस्य कृष्ण कटुवाल, किरात याक्थुङ चुम्लुङ मेयङलुङ नगर अध्यक्ष साम थाम्देन लाजेहाङ फोर्सका उप कमान्डर वीर बहादुर सुक्वाबा, स्थानीय बुद्धिजीवी डम्बर सिङजागु, लोक ब. सुक्वाबा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...