संयुक्त पहिचानवादी मोर्चाले पान्थरमा भेटघाट र संगठन विस्तारमा तिव्रता

,   लिम्बुवान न्युज
                       

फेदेन, ८ असार । संयुक्त पहिचानवादी मोर्चा आगामी चार महिनाभित्र पार्टीमा रुपान्तरण गर्ने संयोजक प्रो.डा.महेन्द्र लावतीले खुलासा गरेका छन् । फेदेनमा पत्रकारहरुसँग कुरा गर्दै लावतीले खुलासा गरेका हुन् ।

मोर्चाले पान्थरको हिलिहाङमा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेर पहिचानको राजनीति मधेश र थारुहटमा जसरी सफल भयो त्यसैगरी पूर्व प्रदेश नं. १ मा पनि सफल पार्न पहिचान पक्षधरहरु एकता हुनुपर्ने आवश्यकता रहेको संयोजक लावतीले बताउनु भयो ।

यसैगरी याङवरक गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पहिचानको राजनीति बारे अन्तरक्रिया कार्यक्रम भएको नेता एलबी पालुङवाले बताउनु भयो ।

यसैगरी ताप्लेजुङ फुङलिङस्थित मोर्चाको कार्यालयमा आयोजित कार्यक्रममा अशोक विक, सुकबहादुर थलङ र सन्देश हेल्लोक मोर्चामा आबद्ध भएका छन् उनीहरुलाई मोर्चाका संयोजक डा. लावतीले स्वागत गरेका छन् । जिल्ला संयोजक प्रदिप मादेनको संयोजकत्वमा आयोजित कार्यक्रममा नेताहरु एलबी पालुङवा, चन्द्र मादेन, इन्दीरा धौराली, जिल्लाका नेताहरु साथै विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको जिल्ला सहसंयोजक अशोक मादेनले बताउनु भयो ।

फाल्गुनन्द ४ को वडासंयोजकमा रेवत कुमार नेम्बाङ्

संयुक्त पहिचानवादी मोर्चा फाल्गुनन्द गाउँपालिका वडा नं. ४ को संयोजकत्वमा रेवत कुमार नेम्बाङ चयन भएका छन् । यसैगरी समितिको सचिवमा देशकुमार चेम्जोङ साथै सदस्यहरुमा अम्बर नेम्बाङ, तेजस नेम्बाङ, कालुमान नेम्बाङ, इन्द्र बहादुर नेम्बाङ, ठाकुर बहादुर नेम्बाङ, खगेन्द्र नेम्बाङ र हेमराज चेम्जोङ रहेको नेता एलबी पालुङवाले जनाउनु भएको छ ।
कार्यक्रम मोर्चाका संयोजक लावतीको प्रमुख आतिज्यतामा भएको थियो भने विशिष्ट अतिथिमा संयोजक सदस्य डकेन्द्र सिंह थेगिम, त्यसैगरी एलबी पालुङवा, चन्द्र मादेन, दिलेन्द्र कुरुम्बाङ, विराज आङदेम्बे, चन्द्रराज आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द १ को जसपा, नेपाल र जसपाका सबै नेता कार्यकर्ता मोर्चामा समाहित
वडा संयोजकमा ज्ञान बहादुर आङदेम्बे

फाल्गुनन्द गाउँपालिका वडा नं. १ मा रहेको जनता समाजवादी पार्टी, नेपाल र जसपाका सबै नेता कार्यकर्ताहरु संयुक्त पहिचानवादी मोर्चामा समाहित भएको मोर्चाका नेता विराज आङलेम्बेले लिम्बुवान खबरलाई जनाएका छन् ।

वडाको व्याटमिन्टन कभर्डहलमा आयोजित कार्यक्रमबाट उनीहरु समाहित भएका हुन् । मोर्चाका संयोजक लावतीको प्रमुख आतिथ्यतमा आयोजित वृहत अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमबाट वडा संयोजकत्वमा ज्ञान बहादुर आङदेम्बे चयन भएका छन् भने सहसंयोजकमा सीता तामाङ र दिनेश आङदम्बे लगायत ३३ सदस्यीय मोर्चा गठन भएकोछ ।

कार्यक्रमलाई जिल्लाको सबै स्थानीय तहसम्म पुराउने जिल्ला संयोजक तथा संघीय सदस्य दिलेन्द्र कुरुम्बाङ्ले बताउनु भयो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;