इटहरीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा राजेन्द्र दाहाल

,   लिम्बुवान न्युज
                       

इटहरी, ११ असार । संयुक्त पहिचानवादी मोर्चाको इटहरीमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इहटरीस्थित कियाचूको भवनमा आयोजित कार्यक्रमले राजेन्द्र दाहालको संयोजकत्वमा ३९ सदस्यीय मोर्चा गठन गरेको हो ।

मोर्चाका संघीय संयोजक प्रो.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रम तथा संगठन विस्तार कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा नरेन्द्र खिम्दिङ, दिपराज खिम्दुङ राई, बेदनारायण हुक्पा चोङबाङ र संघर्ष राई रहेका छन् भने सदस्य सचिवमा झहरमान थेवे चुनिएका छन् ।

कार्यक्रममा मोर्चाका नेताहरु अम्बर बहादुर पन्धाक, भक्त खेवाङ, अशोक चेम्जोङ, पदम अधिकारी, चन्द्र मादेन, जेन्टल लावती, अमर इजम, पूर्णकला लिम्बु, गंगा सेर्मा राई, भोजकुमार लावती जिल्ला संयोजक देउमान लिम्बु लगायत नेताहरुको सहभागिता रहेको मोर्चाका सुनसरी इन्चार्ज अमर इमजले लिम्बुवान खबरलाई बताएका छन् ।

कार्यक्रममा प्रो.डा. लावतीले सबै पहिचान पक्षधर राजनैतिक शक्तिहरु एकजुट हुनुपर्ने बताउँदै पहिचान पक्षधर चार पार्टीहरु अबको केही महिनाभित्रै एउटा पार्टी निर्माण गर्दै प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन, मुक्कुमलुङ लगायत सांस्कृतिक अतिक्रमणहरुको विरुद्धको आन्दोलनमा एकजुट भएर लाग्ने र लाग्न सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;