माङसेबुङ ४ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, १३ असार । इलाम जिल्ला माङसेबुङ गाउँपालिेका वडा नंं ४ मा तीन दिने महिला उद्घोषण तालिम सम्पन्न भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजना तथा वडा नं. ४ को आर्थिक सहयोगमा तीन दिने तालिमको आयोजना गरिएको हो ।

मिडिया प्रालिका निशेस राईको अध्यक्षता तथा वडा नंं ४ का अध्यक्ष नविन योङहाङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहजीकरण अधिवक्ता तथा संचारकर्मी राम योङहाङ र संचारकर्मी भूमिका फियाकले गरेका थिए ।

कार्यक्रममा दुई दर्जन प्रशिक्षार्थी महिलाहरु सहभागि भएको पब्लिकेशनका समाचार प्रमुख विनोद थापाले बताएका छन् । कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्लिकेशनको तर्फबाट बधाई तथा शुभकामना ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;