
दमक, १३ असार । इलाम जिल्ला माङसेबुङ गाउँपालिेका वडा नंं ४ मा तीन दिने महिला उद्घोषण तालिम सम्पन्न भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजना तथा वडा नं. ४ को आर्थिक सहयोगमा तीन दिने तालिमको आयोजना गरिएको हो ।
मिडिया प्रालिका निशेस राईको अध्यक्षता तथा वडा नंं ४ का अध्यक्ष नविन योङहाङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहजीकरण अधिवक्ता तथा संचारकर्मी राम योङहाङ र संचारकर्मी भूमिका फियाकले गरेका थिए ।
कार्यक्रममा दुई दर्जन प्रशिक्षार्थी महिलाहरु सहभागि भएको पब्लिकेशनका समाचार प्रमुख विनोद थापाले बताएका छन् । कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्लिकेशनको तर्फबाट बधाई तथा शुभकामना ।