दमकमा तिनदिने याक्थुङ भाषा ‘‘शिक्षक पेशागत विकास’’ कार्यशाला सुरू

 लिम्बुवान न्युज
                       

  • दमक, १४ असार ।

झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ लिम्बु भाषा, शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको   तीन दिनसम्म सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको सहकार्य रहेको छ ।

शुक्रबार देखि शुरू भएकाे प्रशिक्षण कार्यक्रम आइतबार तीन दिनसम्म संचालन हुने बताइएकाे छ । कार्यशालामा झापा  मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको कियाचू लिम्बुवान प्रदेश समितिले जनाएकाे  

कार्यशालालाई प्राज्ञ, भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. प्रेम फिया  बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्ण कुमारी लिङदेनले सहजीकरण गरिरहेका छन् ।

किरात याक्थुङ चुम्लुङ झापाका उपाध्यक्ष हस्त आङदेम्बेको अध्यक्षकतामा  सम्पन्न उद्घाटन समारोहमा दमक याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति तथा पत्रकार सेसेमी मे नाल्बो, किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डिबी कुरूम्बाङ, याक्थुङ समुदायका बिज्ञहरू तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रष्ट पार्दै कार्यशालाका सहजकर्ता कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. फियाकले संविधानमा मातृभाषा शिक्षालाई लागू गर्नेबारे उल्लेख भएपनि विभिन्न कारणहरूले गर्दा लागू हुन नसकिरहेको अवस्था रहेको बताए । साथै प्राज्ञिक शिक्षकहरूको पेशागत विकासमा जोड दिन जरूरी रहेको समेत बताए ।

अरू हरेक विषयमा तालिमहरू हुने गर्छन तर मातृभाषामा शिक्षण गरिराखेका शिक्षकहरूको पेशागत तालिम भने हुंदैनन् त्यसैले ती शिक्षकहरूको पेशागत विकास होस् भन्ने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको चुम्लुङले जनाएकाे छ ।

मुन्धुम साबा इन्द्र आङदेम्बेको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेशका सदस्य सचिवालय सदस्य कबिन्द्र शेर्माले स्वागत गरेका थिए भने सञ्चालन प्रदेश सचिव साङसेन पन्धाकले गरेका थिए ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...