तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

 लिम्बुवान न्युज
                       

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो अधिवेशनलाई समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले आफ्नो धारणा राख्नुभएको हो ।

कोशी प्रदेशमा तेह्रथुम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने किशोरचन्द्र दुलाल र कमला दर्नालको समेत उपस्थिति रहेको कार्यक्रममा लोकसेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँ, मुख्यमन्त्री कार्यालयका प्रदेश (कानुन) सचिव राजुप्रसाद गुरागाइँ, सुरेशमान श्रेष्ठ, भीम गुरागाईलगायतलाई प्रदेश प्रमुखज्यूबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव यादव दुलाल, जनस्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूल वहादुर पौडेल अतिथि रहनुभएको थियो । उहाँहरु सबै तेह्रथुममा जन्म भएका र तेह्रथुम पुख्र्यौली भएको हुनुहुन्छ ।

त्यसरी नै तेह्थुममा पहिलो सार्वजनिक यातायात पुराउने कमल वहादुर वुढाथोकी, ओयाकजुङ गाविसका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व प्रसासक महानन्द गुरागाईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

असार १४ गते विराटनगरस्थीत मुडुला कार्की कुलायन समाजको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...