तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

 लिम्बुवान न्युज
                       

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो अधिवेशनलाई समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले आफ्नो धारणा राख्नुभएको हो ।

कोशी प्रदेशमा तेह्रथुम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने किशोरचन्द्र दुलाल र कमला दर्नालको समेत उपस्थिति रहेको कार्यक्रममा लोकसेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँ, मुख्यमन्त्री कार्यालयका प्रदेश (कानुन) सचिव राजुप्रसाद गुरागाइँ, सुरेशमान श्रेष्ठ, भीम गुरागाईलगायतलाई प्रदेश प्रमुखज्यूबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव यादव दुलाल, जनस्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूल वहादुर पौडेल अतिथि रहनुभएको थियो । उहाँहरु सबै तेह्रथुममा जन्म भएका र तेह्रथुम पुख्र्यौली भएको हुनुहुन्छ ।

त्यसरी नै तेह्थुममा पहिलो सार्वजनिक यातायात पुराउने कमल वहादुर वुढाथोकी, ओयाकजुङ गाविसका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व प्रसासक महानन्द गुरागाईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

असार १४ गते विराटनगरस्थीत मुडुला कार्की कुलायन समाजको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;