राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

 लिम्बुवान न्युज
                       

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।

पथरीशनिश्चरे—१० शिविरडाँडा चोक पश्चिममा रहेको किरात युमा माङहिम, फाल्गुनन्द साम्जिक मुन्धुम विद्यालय परिसरमा रहको किरात धर्मिक क्षेत्रमा गाडिएको त्रिशुल, धार्मिक माङनिशा र सँगै गाडिएको नेपालको राष्ट्रिय झण्डा ‘चोरपारा’ले लडाएर फालिएको भन्दै खोजी गरेर कारबाहीको माग गरेका छन् ।

सुक्रबार (असार १४) अपरान्हमा आएका एउटा समूहले किरात धर्म मान्ने समुदायले पूजा गर्दै आएको स्थानमा प्रवेश गरेर नेपालको राष्ट्रिय झण्डा, किरात धर्मको झण्डा, त्रिशुल फाल्नुको साथै नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा निर्माणको लागि राखिएको इँटाहरु फालिदिएको किरात युमा माङहिम (मन्दिर) समितिका अध्यक्ष सम्शेर राईले बताए ।

किरात धर्मको त्रिशुल, राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा राख्न तयार इँटाहरु र नेपालको राष्ट्रिय झण्डा लडाएर च्यात्नेहरुलाई खोजेर तुरुन्त कारबाही गर्न महागुरु फाल्गुनन्द प्रतिष्ठानकानका अध्यक्ष सोमप्रसाद पोमुको माग रहेको छ । युमा माङ्हिमले आफना्े मन्दिरको त्रिशुल, झण्डाहरु फिर्ता दिन समेत अनुरोध गरेका छन् ।

सो स्थलमा २०८२ बैशाख २४ गते नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक निर्माण गर्न पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरुको हाटबाट शिलान्यास भएको थियो ।

पशुपति सामुदायिक वन क्षेत्रमा डेढ दर्जन बढी विभिन्न धर्म संस्कृति मान्नेहरुको सांस्कृतिक स्थल भएपनि किरात युमा माङ्हिम विरुद्ध पटक पटक आक्रमण भएको प्रति सो धार्म मान्नेहरुको गम्भीर ध्यान आकर्षण भएको ज्ञानेन्द्र राईले बताए ।

यस बिषमा बुझ्ना सम्पर्क गर्दा सब भिडिजन वन कार्यालयका प्रमुख त्रिभुवन साहासँग सम्पर्क गर्न खोज्दा फोन उठेन । किरात युमा माङ्हिमले पत्रकार सम्मेलनको साथै शनिबारै प्रदेश सभा सदस्यहरु (सांसद) मानबहादुर लिम्बू, गीता तिम्सिना लगायतलाई बोलाएर ध्यान केन्द्रित गराउदै नेपालको राष्ट्रिय झण्डा, किरात धार्मिक झण्डा लडाएको अवस्था बारे जानकारी गराएका थिए ।

किरात धर्मका अनुयायीहरुले शनिबार आफ्नो क्षेत्रमा धुपि, आँप, अम्बा लगायतको विरुवा रोपेका छन् । सुक्रबार झण्डा र त्रिशुल उखेलिएपछि शनिबार दिनभर धार्मिक अनुयायीहरु सो क्षेत्रमा तैनाथ थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...