लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो।

याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा बन्ने लघु चलचित्र सागर केरुङकाे लेखन तथा निर्देशन गरेका छन् ।

मातृभाषा नजान्नेहरुलाइ पितृलोकमा लिन गर्ने र नगराउनेविचको द्वन्द्वात्मक कथालाई लिएर बनाइएको निर्देशक केरूङले बताए ।

चलचित्रमा छायांकन युवराज राई, सम्पादन पर्शु थलङ, शब्द/संगीत निर्देशक केरुङ, निर्माता नरेन्द्र सुब्बा र स्वर्गीय मिना सुब्बा, शृङ्गार तुलसा लिम्बू, कला अमर तुम्बापोको रहेको छ ।

कलाकारहरू लक्ष्मी योङ्हाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पुर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मिना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू नेयोङ, सीता राई नेम्बाङ, तिर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ, नरेन्द्र सुब्बा लगायतले अभिनय गरेका छन् ।

चोक सयङले ७० वर्ष माथिका अग्रज कलाकारहरूलाई मासिक भत्ता प्रदान गर्ने उद्देश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ स्थापना गरेको छ। अक्षयकोषलाई बलियो बनाउने हेतुले एकैसाथ एक दर्जन लिम्बू भाषाका लघु चलचित्रहरू प्रदर्शन गरिने र त्यहाँबाट संकलित आम्दानी अक्षयकोषमा लगानी गरिने योजना रहेकाे सयङका अध्यक्ष तथा निर्देशक केरूङले बताए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...