मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा असित थेगिम र यासेली योङहाङको शब्द, उत्तमजंग लावती लिम्बुको संगीत र मेचु धिमालको स्वर रहेको छ। भिडियोलाई इसाक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। रविना लिम्बुले शृङ्गार संयोजन गरेकी छिन्।

काठमाडौंमा छायांकन गरिएको भिडियोमा गायिका धिमाल, सागर केरुङ, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योति लिम्बू र मनु पाहिमको अभिनय देख्न सकिन्छ।

भ्वाइस अफ नेपाल सिजन–२ की सेमिफाइनलिस्ट समेत रहेकी धिमालले यसअघि दर्जनौं धिमाल भाषाका गीत गाइसकेकी छन्। लिम्बू भाषाको चलचित्र ‘रीत’ मा समेत स्वर दिएकी उनले ‘सथिक मेबोक्से’ र ‘आदाङ्बे सेवारो’सहित तीनवटा लिम्बू गीत सार्वजनिक गरिसकेकी छन्।

धिमाल र लिम्बू भाषाबाहेक उनी दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। डेढ दशक लामो संगीत यात्रामा मेचुले देशका विभिन्न मञ्चमा आफ्ना प्रस्तुति दिँदै आएकी छिन्।

भिडियाे तल लिङ्कमा हेर्नुहाेस्ः

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...