मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा असित थेगिम र यासेली योङहाङको शब्द, उत्तमजंग लावती लिम्बुको संगीत र मेचु धिमालको स्वर रहेको छ। भिडियोलाई इसाक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। रविना लिम्बुले शृङ्गार संयोजन गरेकी छिन्।

काठमाडौंमा छायांकन गरिएको भिडियोमा गायिका धिमाल, सागर केरुङ, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योति लिम्बू र मनु पाहिमको अभिनय देख्न सकिन्छ।

भ्वाइस अफ नेपाल सिजन–२ की सेमिफाइनलिस्ट समेत रहेकी धिमालले यसअघि दर्जनौं धिमाल भाषाका गीत गाइसकेकी छन्। लिम्बू भाषाको चलचित्र ‘रीत’ मा समेत स्वर दिएकी उनले ‘सथिक मेबोक्से’ र ‘आदाङ्बे सेवारो’सहित तीनवटा लिम्बू गीत सार्वजनिक गरिसकेकी छन्।

धिमाल र लिम्बू भाषाबाहेक उनी दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। डेढ दशक लामो संगीत यात्रामा मेचुले देशका विभिन्न मञ्चमा आफ्ना प्रस्तुति दिँदै आएकी छिन्।

भिडियाे तल लिङ्कमा हेर्नुहाेस्ः

सम्बन्धित समाचार

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...