बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

 लिम्बुवान न्युज
                       

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो ।
यो उपचार सेवा नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषमार्फत प्रदान गरिने जनाइएको छ ।
उक्त कोष अन्तर्गत प्रति बिरामी दुई लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क उपलब्ध हुने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । अधिकृत गिरीका अनुसार मुटु रोगका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले सेवा शुरु गरिएको बताए ।
सरकारसँगको समन्वयमा प्रदेश नं. १ मै पहिलोपटक यस्तो सेवा शुरु गरेका छौं, यसले विपन्न वर्गका मुटुरोगीलाई राहत मिल्ने विश्वास लिएका छौं”– अधिकृत गिरीले वताए ।
विरामीले अस्पतालबाट मुटु रोगसम्बन्धी परीक्षण, औषधि, शल्कक्रिया र विशेषज्ञ परामर्श सेवा निःशुल्क रुपमा उपलब्ध गराउने जनाइएको छ ।
बिएण्डसी अस्पताल प्रदेश नं. १ मै क्यान्सर, मृगौंला डायलाइसिस, हेड तथा स्पाइनल इन्जुरी र मुटु रोग सम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने पहिलो अस्पताल बनेको छ । योसँगै अस्पतालले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वअनुसार सेवा विस्तार गरेको बताइएको छ ।
बिएण्डसी अस्पताल नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईद्वारा संचालित अस्पताल हो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...