ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका हुन् ।

शनिबार सम्पन्न माङहिमकाे चौथो अधिवेशनले समितिको उपाध्यक्षमा शान्ति आङबुहाङ, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा डम्बर पालुङ्वा, कोषाध्यक्षमा पदमप्रसाद कुरुम्बाङ र सह कोषाध्यक्षमा मान बहादुर तबेबुङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः दुबेन्द्र सेर्मा, मदन राई, कर्ण बहादुर लिम्बू, देउराली चेम्जोङ, कमला खजुम, जुन माया मगर, पबित्रा लिम्बू गरी १३ सदस्यीय समिति निर्वाचित भएका छन् ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङ्हाङकाे प्रमुख आतिथ्यता त्यसैगरी किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिङ थेगिम र संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्माका विशेष आतिथ्यता रहेकाे थियाे ।

त्यस्तै माङगेन्ना समितिका उपाध्यक्षद्धय हर्कवीर योङ्हाङ, कमला तुम्बापो, सचिव शक्तिकुमार साँबा लगायत समितिका सदस्यहरूकाे उपस्थित रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...