हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

 लिम्बुवान न्युज
                       

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो ।

रास्वपाले सभापति रवि लामिछानेलाई प्रतिशोध साधेको भन्दै केही समयदेखि देशभरी हस्ताक्षर संकलन गरिरहेको छ ।

आइतबार प्रधानमन्त्री ओली दमक आएको समयमा उनी सवार हुने सडकनजिकै हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको रास्वपा झापा क्षेत्र नम्बर ५ का सभापति भेषराज भट्टराईले जानकारी दिए । माइकमा बोलेर हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरी आएर माइक खोस्दै भाँचिदिएको उनले बताए । ‘हामीमाथि हस्तक्षेप भयो । के शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्न पनि नपाइने हो ?’ उनले भने, ‘प्रहरीले हामीमाथि दुर्व्यवहार गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले हस्तक्षेप नभई सामान्य सम्झाइबुझाई गरेको बताए । ‘प्रधानमन्त्री हिँड्ने सडकमै माइकिङ गरेकोे हुँदा सम्झाइबुझाई गरेको बताए । ‘हस्तक्षेप भएको हाेइन, त्यो सामान्य हो । प्रधानमन्त्री भ्रमण गर्ने बाटोमा माइकिङ गरेकाले सम्झाइबुझाई मात्र गरेका हौँ ।’– लिम्बुले भने ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...