हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

,   लिम्बुवान न्युज
                       

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो ।

रास्वपाले सभापति रवि लामिछानेलाई प्रतिशोध साधेको भन्दै केही समयदेखि देशभरी हस्ताक्षर संकलन गरिरहेको छ ।

आइतबार प्रधानमन्त्री ओली दमक आएको समयमा उनी सवार हुने सडकनजिकै हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको रास्वपा झापा क्षेत्र नम्बर ५ का सभापति भेषराज भट्टराईले जानकारी दिए । माइकमा बोलेर हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरी आएर माइक खोस्दै भाँचिदिएको उनले बताए । ‘हामीमाथि हस्तक्षेप भयो । के शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्न पनि नपाइने हो ?’ उनले भने, ‘प्रहरीले हामीमाथि दुर्व्यवहार गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले हस्तक्षेप नभई सामान्य सम्झाइबुझाई गरेको बताए । ‘प्रधानमन्त्री हिँड्ने सडकमै माइकिङ गरेकोे हुँदा सम्झाइबुझाई गरेको बताए । ‘हस्तक्षेप भएको हाेइन, त्यो सामान्य हो । प्रधानमन्त्री भ्रमण गर्ने बाटोमा माइकिङ गरेकाले सम्झाइबुझाई मात्र गरेका हौँ ।’– लिम्बुले भने ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;