सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

 लिम्बुवान न्युज
                       

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार पाएकाे हाे ।

केरूङकै मुख्य अभिनय रहेको यस चलचित्रलाइ चलचित्र विकास बोर्डद्धारा मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा उक्त पुरस्कार प्राप्त गरेको छ । उक्त अवसरमा सम्मान पत्र र नगद २ लाख प्राप्त गरेकाे छ ।

लिम्बु जातिमा मृत्यु पछि चे (लास)लाइ सामुदायिक बन अथवा सार्वजनिक जग्गा अथवा पुरानाे च्यानघारीमा लाने परम्परा रहेकाे छ । तर, अहिले ति स्थानहरूमा लास व्यवस्थापन गर्न सरकारले बन्देज गर्ने र उनीहरूकाे लास व्यवस्थापन गर्ने परम्परामाथि नै सरकारले नियन्त्रण तथा आक्रमण गर्ने यि समसामयिक राजनीतिक सन्दर्भमा निर्माण गरिएको चलचित्र चे (लास)ले आदिवासी लिम्बुहरूमाथी भइरहेको आक्रमणलाई मुख्य रुपमा उठान गरिएको छ ।

यसअघि ‘चे’ले पाचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा पनि उत्कृष्ट चलचित्र र सागर केरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात जितेका थिए ।

यस वर्षको उत्कृष्ट चलचित्र शाम्बाला बनेकाे छ । यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने उपासनासिंह ठकुरीले ‘खुस्मा’ चलचित्रबाट जितेकी छिन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...