सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

 लिम्बुवान न्युज
                       

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार पाएकाे हाे ।

केरूङकै मुख्य अभिनय रहेको यस चलचित्रलाइ चलचित्र विकास बोर्डद्धारा मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा उक्त पुरस्कार प्राप्त गरेको छ । उक्त अवसरमा सम्मान पत्र र नगद २ लाख प्राप्त गरेकाे छ ।

लिम्बु जातिमा मृत्यु पछि चे (लास)लाइ सामुदायिक बन अथवा सार्वजनिक जग्गा अथवा पुरानाे च्यानघारीमा लाने परम्परा रहेकाे छ । तर, अहिले ति स्थानहरूमा लास व्यवस्थापन गर्न सरकारले बन्देज गर्ने र उनीहरूकाे लास व्यवस्थापन गर्ने परम्परामाथि नै सरकारले नियन्त्रण तथा आक्रमण गर्ने यि समसामयिक राजनीतिक सन्दर्भमा निर्माण गरिएको चलचित्र चे (लास)ले आदिवासी लिम्बुहरूमाथी भइरहेको आक्रमणलाई मुख्य रुपमा उठान गरिएको छ ।

यसअघि ‘चे’ले पाचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा पनि उत्कृष्ट चलचित्र र सागर केरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात जितेका थिए ।

यस वर्षको उत्कृष्ट चलचित्र शाम्बाला बनेकाे छ । यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने उपासनासिंह ठकुरीले ‘खुस्मा’ चलचित्रबाट जितेकी छिन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...