दमकमा एक बालक मृत फेला

 लिम्बुवान न्युज
                       

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् ।

सुमन धिमाल र शुष्मा धिमालका कान्छा छोरा रमन सोमबार पौडी खेल्न गएका थिए । उनी घर नफर्केपछि परिवारले रातभर खोजी गरेका थिए । आज बिहान स्थानीय अर्नाखाडीमा रमनको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इप्रका दमकका अनुसार बालकको शव दमक–४ र ९ को सीमानामा पर्ने सानो अर्नाखाडी, बेतीनि र भुतुरे खोलाको दोभानमा बिहान ५ः३० बजे फेला परेको हो ।

बालक हराएको सूचना पाएपछि राति नै खोजी कार्य अघि बढाइएको थियो । शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका दमकले उल्लेख गरेको छ ।

स्थानीयवासीले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् भने रमनको परिवारमा शोकको वातावरण छ। गर्मीयाममा खुला खोलानाला र खाडीहरुमा बालबालिकाको सुरक्षाको विषयमा सचेतना आवश्यक रहेको भन्दै स्थानियहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...