दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

,   लिम्बुवान न्युज
                       

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी खुला गर्न लागेकाे हाे ।

दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ ।

सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको उल्लेख छ ।

भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु.२५ , बसका लागि ५० र मोटरसाइकलको लागि रु.१० तोकिएको जनाइएकाे छ ।

अाेली सरकारकाे पहलमा डेढ अर्ब भन्दा धेरै लागतमा बनेकाे टावर हालसम्म संचालनमा अाएकाे छैन ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;