विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बिर्तामोड-५ स्थित  मनकुमार संग्राैलाकाे घरमा दुइवटा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा विहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

उक्त फर्मा भानुभक्त खरेलकाे रहकाे बताइएकाे छ । पक्राउ परेका घिमीरे उक्त फर्माका कर्मचारी भएकाे बुझिएकाे छ ।

कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित कर्मचारी घिमीरे पक्राउ परेका हुन् ।

प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको इलाका प्रहरी कार्यालय विर्तामाेडले जनाएकाे छ ।

नेकपा एमालेकाे स्वास्थ्यकर्मी संघकाे जिल्ला पदाधिकारी समेत रहेका खरेलले लामाेसमय देखि राजनीतिक आवरणबाट बर्षाैं देखि सेटिङमा प्रतिबिन्धत औषधी बेच्दै आएकाे वताइएकाे छ । प्रहरीले कर्मचारी घिमीरेलाइ मात्र पकेर सार्वजनिक गरेकाे छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;