केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

 लिम्बुवान न्युज
                       

  • बसन्त राज सुब्बा

कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड ” सिसेक्पा तङनाम” साउने संक्रान्ती २०८२ येले तङ्बे ५०८५ विभिन्न कार्यक्रम गरी मनाइएकाे हाे ।

फक्तालुङ सयङ सास्कृतिक मञ्च झापा, याक्थुङ चलचित्रकर्मी संघ झापा, याक्थुङ युवा मञ्च कमल र किरात याक्थुङ चुम्लुङ कमल ३ नम्बर वडा शाखाको संयुक्त आयोजनामा एतिहासिक कार्यक्रम भएकाे हाे ।

भाषा लिपि संस्कार सस्कृति संरक्षक एव वरिष्ट कलाकार प्रेम पन्धाककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सभाअध्यक्ष सयङका झापा अध्यक्ष लाल बहादुर नेयङको अध्यक्षतामा भएको थियो ।

लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातिलाई ध्यान दिई चाडपर्वहरू परम्परा रहि आएकाे छ । यसरी मनाइने चाडहरूमध्ये सिसेक्पा तङ्नाम पनि एक हो । यसको मौलिक विशेषता के हो भने विभिन्न जाति, वर्ण, धार्मिक, सांस्कृतिक समुदायले यो चाडलाई विभिन्न तरिकाले बुझ्ने र मनाउने गरेको पाइन्छ ।

सिसेक्पा तङनामलाइ खाने अन्न, फलफूल पाक्यो भनी देखाइएको हो र अनिकाललाई खेद्न सक्ने शक्ति हामीले पायौँ भनी खबरदारी गर्दै आउलास् भनी अनिकाल र दुःखलाई खेदाउने अनिकालको विदाइ र सहकालको स्वागत गर्ने चाड पर्व (अनिकाल खेदने चाड) भन्ने गरिन्छ ।

त्यस्तै विशिष्ट अतिथि याक्थुङ युवा मञ्च केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङगो,  याक्थुङ चलचित्रकर्मी संघ झापा अध्यक्ष चन्द्र लिम्बु, किरात याक्थुङ चुम्लुङ झापा जिल्लाका पुर्व सल्लाहकार सुर्य प्रसाद लिम्बु, आदिबासी जनजाती महासंघ कमल गा.पा अध्यक्ष बदी राई, किरात राई यायोख्या कमल उपाध्यक्ष शेलिना राई लगायतले सिसेक्पा तङ्नामको शुभकामना दिदै आ-आफ्नो भनाई राखेका थिए ।

सिसेक्पा तङ्नाम कार्यक्रममा याक्थुङ लिम्बु जाति समुदाय सस्कार अनुरुप धाननाँच, केलाङ (च्याब्रुङ) नृत्य र पाहुनाहरुलाई मौलिक खान पिन बासले बुनेको पेरोङगे थुङचेमा राखि स्वागत गरिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरूलाइ सम्मान पत्र र मायाकाे चिनाेले सम्मान गरिएकाे थियाे । कार्यक्रममा  युवा मञ्चका केन्द्रिय सदस्य बसन्त राज योङहाङ , किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य नरेनहाङ लिम्बु , किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, कि.या.चु पुर्व जिल्ला सदस्य मन कुमार लिम्बु , सामाजिक व्यक्तित्व बलनाथ नाल्बो , फक्तालुङ सयङ सुनसरी अध्यक्ष सोम सेरेङ लिम्बु , मोरङ अध्यक्ष गणेश लिम्बु , युवा मंच कमल अध्यक्ष आशिष लेर्छवो लिम्बु , उपाध्यक्ष प्रकास आङबाे , कि.या .चु कमल उपाध्यक्ष अम्मर लिम्बु , महिला समावेशी शसक्तिकरण केन्द्र अध्यक्ष पुर्णिमा देवान, समाजसेवी तर्क राज लिम्बु , सन्तोस लिम्बु , मिडियाकर्मी एन जी माङलाक लगायत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम संचालिका मिना नेम्वाङले गरेकी थिइन भने स्वागत मन्तव्य याक्थुङ चलचित्र नायक कलाकार हिमाल लिम्बु गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...