सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

 लिम्बुवान न्युज
                       


दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ ।
बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको ६७ बर्षको उमेरमा साउन १० गते निधन भएको हो ।

केही दिन देखि धरानस्थित विपि मेमोरियल अस्पतालमा उपचार गरिरहनु भएका लिम्बुको अस्पतालबाट रिफर भई बेलबारीस्थित घरमा आइपुग्दा उनको निधन भएको थियो ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको विराटनगरमा २०७९ साल चैत्र ५ गते भएको बृहत जनप्रदर्शनको क्रममा कोशी नाम खारेजी आन्दोलनमा घाइते भई वैशाख ९ गते पदम लिम्बुको निधन भएको थियो । सरकारले लिम्बुलाई राष्ट्रिय सहिद घोषणा गरेर १० लाख क्षतिपुर्ति समेत प्रदान गरेको छ ।

लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर समेत थिए ।

आमा धनमायाको याक्थुङ मुन्धुमको धार्मिक परम्परा अनुसार आइतबार (आज) छोरा लाजेहाङको समाधिस्थल नजिक अन्तेष्टि गरिएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...