ट्याक्सी स्टेण्डमा पार्किङ गर्न दमक नगरकाे अपिलः अटेर गरी कारवाही

 लिम्बुवान न्युज
                       

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले ट्याक्सी स्टेण्डमा पार्किङ गर्न ट्याक्सी चालकहरूलाइ अपिल गरेकाे छ । नपाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा स्थानान्तरण गरेको थियो।

हालसम्मपनि व्यवस्थित पार्किङ र यातायात व्यवस्थापनका लागि गरिएको यो निर्णयको पालना अझै पूर्णरूपमा हुन सकेको छैन। ट्याक्सी चालकहरूलाई नयाँ स्टेण्डमा जान पटकपटक आग्रह गरिए पनि, केही चालकहरू अझै साबिककै स्थान दमक चोक क्षेत्रमै अव्यवस्थित रूपमा पार्किङ गर्दै आएका छन्।

रातो नम्बर प्लेट भएका निजी सवारी साधनका ट्याक्सीहरू बजारमै अव्यवस्थित रूपमा लाइन लागेर बस्ने गरेकाे देखिन्छ । यसबाट बजार क्षेत्र ट्राफिक जामले प्रभावित हुनुका साथै पैदलयात्रीहरूलाई समेत असहज भएको वताइन्छ।

दमक नपा र नगर प्रहरीले पटकपटकको अनुरोध बेवास्ता गर्दै आएको भन्दै, नगर प्रहरी एक्सनमा उत्रिएको छ। नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार दमकका मुख्य बजार क्षेत्रका पाँच वटा ट्याक्सीमा ह्विल लक लगाएको छ।

प्रमुख कार्कीका अनुसार नगरपालिका अब नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्ने तयारीमा रहेको उनले बताए । अझै अटेर गरे दमकमा यसखाले ट्याक्सी सञ्चानमै रोक लगाउने तयारी समेत नगरमा छलफल भएको र त्यसको भागेदार नबन्न समेत नगर प्रहरी प्रमुख कार्कीले चालकहरूलाइ चेतावनी दिए ।

यसबीच, ट्याक्सी चालकहरूले भने नयाँ स्टेण्डमा यात्रु नपाइने गुनासो गर्दै आएका छन् । यसैगरि नयाँ स्टयाण्ड ब्याबस्थित नभएको समेत उनीहरुको गुनासो छ । तर त्यस ठाउँमा निःशुल्क वाईफाई, खानेपानी, खुल्ला र हरियाली सहितको व्यवस्थापन गरिएको नपाले जनाएकाे छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...