‘झापा महिला गोल्डकप’ हुँदै

 लिम्बुवान न्युज
                       

दमक, १६ साउन । झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। झापाकाे शिवसताक्षी ११स्थित नवनिर्मित दुधे रंगशालामा ‘झापा महिला गोल्डकप’ फुटबल हुने भएकाे हाे ।

खेल आगामी कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

महिला फुटबलको प्रवर्द्धन, स्थानीय खेलाडी उत्पादन र राष्ट्रियस्तरको प्रतिस्पर्धालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। झापा जिल्लामा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता संचालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

आयोजक झापा महिला गोल्डकपका अनुसार हालसम्म नेपालमा आयोजना भएका महिला फुटबल प्रतियोगिताहरूको सर्वाधिक पुरस्कार राशी भन्दा उच्च हुने हुनेछ। यसअघि इलाममा सम्पन्न महिला फुटबल प्रतियोगितामा सर्वाधिक ७ लाख रुपैयाँ पुरस्कार राशी राखिएको थियो ।

प्रतियोगितामा आयोजकको तर्फबाट एउटा टिमसहित नेपालका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै भारत र भुटानबाट एक–एक वटा ‌टिम सहभागी हुनेछन् भने बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबहरूबाट रहनेछन्।

कुल ८ टिमको सहभागिता रहनेछ। विदेशी टिमहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा नगदसहित ट्रफी प्रदान गरिनेछ। साथै हरेक खेलको ‘प्लेयर अफ द वुमन’ लाई पनि नगद र ट्रफी दिइनेछ।

आयोजक समितिका संयाेजक सन्तोष थोप्राले प्रतियोगिताबाट कम्तिमा ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेकाे वताए । उक्त आम्दानीलाई आगामी संस्करणमा उपयोग गरी प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको अध्यक्ष थोप्राले बताए।

आयोजकले प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक ७ देखि १० लाख रुपैयाँबीच हुने गरी निर्धारण गर्ने जनाएकाे छ। झापा महिला गोल्डकपलाई स्थानीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको छ।

झापाली उद्योगी, व्यवसायी, सञ्चारकर्मी र खेलप्रेमीहरूको सक्रिय सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता झापा जिल्लाको गौरवमय पहिचान बन्ने अपेक्षा आयोजकले लिएकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...