‘झापा महिला गोल्डकप’ हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, १६ साउन । झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। झापाकाे शिवसताक्षी ११स्थित नवनिर्मित दुधे रंगशालामा ‘झापा महिला गोल्डकप’ फुटबल हुने भएकाे हाे ।

खेल आगामी कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

महिला फुटबलको प्रवर्द्धन, स्थानीय खेलाडी उत्पादन र राष्ट्रियस्तरको प्रतिस्पर्धालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। झापा जिल्लामा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता संचालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

आयोजक झापा महिला गोल्डकपका अनुसार हालसम्म नेपालमा आयोजना भएका महिला फुटबल प्रतियोगिताहरूको सर्वाधिक पुरस्कार राशी भन्दा उच्च हुने हुनेछ। यसअघि इलाममा सम्पन्न महिला फुटबल प्रतियोगितामा सर्वाधिक ७ लाख रुपैयाँ पुरस्कार राशी राखिएको थियो ।

प्रतियोगितामा आयोजकको तर्फबाट एउटा टिमसहित नेपालका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै भारत र भुटानबाट एक–एक वटा ‌टिम सहभागी हुनेछन् भने बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबहरूबाट रहनेछन्।

कुल ८ टिमको सहभागिता रहनेछ। विदेशी टिमहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा नगदसहित ट्रफी प्रदान गरिनेछ। साथै हरेक खेलको ‘प्लेयर अफ द वुमन’ लाई पनि नगद र ट्रफी दिइनेछ।

आयोजक समितिका संयाेजक सन्तोष थोप्राले प्रतियोगिताबाट कम्तिमा ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेकाे वताए । उक्त आम्दानीलाई आगामी संस्करणमा उपयोग गरी प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको अध्यक्ष थोप्राले बताए।

आयोजकले प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक ७ देखि १० लाख रुपैयाँबीच हुने गरी निर्धारण गर्ने जनाएकाे छ। झापा महिला गोल्डकपलाई स्थानीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको छ।

झापाली उद्योगी, व्यवसायी, सञ्चारकर्मी र खेलप्रेमीहरूको सक्रिय सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता झापा जिल्लाको गौरवमय पहिचान बन्ने अपेक्षा आयोजकले लिएकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;