ललितपुर, २० साउन । राजेन्द्र महतो नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टीले ३१ पदाधिकारी सार्वजनिक गरेकाे छ । ३ बरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ जना महासचिव सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी टुंगाे लागेकाे हाे ।
काठमाडाैंस्थित पार्टी कार्यलयमा दुइदिन बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय पदाधिकारी सहित कार्यसमिति टुंगाएकाे जनाइएकाेछ ।
कार्यसमितिको अध्यक्ष राजेन्द्र महतो छन् यसरी नै वरिष्ट उपाध्यक्षहरू कमलाकुमारी गुरूङ र रामनरेश राय यादव, सुमन सायमी रहेका छन्।
यस्तै, उपाध्यक्षहरूमा काैशल कुमार सिंह, डा. राजिव कुमार झा, राजेन्द्र प्रसाद पाठक र अाेम प्रकाश यादव (गुल्जारी) रहेकाे छन् भने महासचिवहरूमा केशव कुमार झा, मिङमार तामाङ, रमेश याेङहाङ (सर्ण कुमार), सन्ताेषा कुमार मेहता र अनि कुमार महासेठ रहेकाे छन् भने काेषााध्यक्षमा नरेन्द्र बज्राचार्यलाइ जिम्मेवारी दिएकाे छ ।
केन्द्रीय अनुशासन समितिको अध्यक्षमा संजयकुमार सिंह र केन्द्रीय निर्वाचन समितिको अध्यक्षमा अरूण कुमार सिंह र केन्द्रीय लेखा परिक्षण समितिको अध्यक्षमा राजेशकुमार यादवलाई नियुक्त गरिएको छ।
त्यस्तै, केन्द्रीय विज्ञ समितिको अध्यक्षमा नहेन्द्र प्रधानलाई नियुक्त गरिएको पार्टीले जनाएको छ।
केन्द्रीय पदाधिकारीहरूकाे नामावाली तल हेर्नुहाेस्ः

