जसपा नेपालको १ नं. प्रदेश अधिवेशन भदौ २७ र २८ मा हुने

 लिम्बुवान न्युज
                       

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ अधिवेशन भदौ २७ र २८ मा हुने भएको छ । जसपा नेपाल प्रदेश नं १ समितिको आइतबार सम्पन्न कार्यकारिणी बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो ।

अधिवेशन प्रदेश १ को राजधानी बिराटनगरमा सम्पन्न हुने सो पार्टीले जनाएको छ । अधिवेशनको आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको जसपा नेपाल प्रदेश नम्बर १ का अध्यक्ष दिपक याक्दाले जानकारी दिए ।

‘अधिवेशन भव्य र सभ्य गरी सम्पन्न गर्ने तयारी छ । त्यसका निम्ति हामीले विभिन्न समिति गठन गरेर काम थालेका छौँ । व्यापक सहभागिताका बीच प्रदेश १ बाट महत्त्वपूर्ण राजनीतिक सन्देश दिनेगरी पार्टीले यो अधिवेशनलाई उपयोग गर्नेछ’, याक्खाले भने ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष एवम् १ नं. प्रदेश आन्दोलन परिचालन तथा समन्वय समितिका संयोजक रकम चेम्जोङलगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने अधिवेशनको बन्दशत्रमा एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने जसपा नेपाल प्रदेश १ का मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिए ।

‘राष्ट्रिय समिति, जिल्ला समिति, जनवर्गीय संगठनहरु र पार्टी संगठित सदस्य संख्याको अनुपातमा प्रतिनिधि पर्यवेक्षकको व्यवस्था गरिनेछ । हामी चाँडै संगठित सदस्यता संख्या टुङ्गाउने गरी काम गरिरहेका छौँ’, उनले भने । आइतबारको बैठकले प्रदेश अधिवेशनको निर्वाचन सम्बन्धी कार्य सम्पन्न गर्न अधिवक्तासमेत रहेका उपेन्द्र लावतीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।

अधिवेशनका लागि विभिन्न उप-समिति गठन गरेको जसपा नेपालले आर्थिकको जिम्मा केशव जबेगू, मनोज यादव, टंक मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङलाई दिएको छ । त्यस्तै प्रचार प्रसार तथा प्रकाशनको जिम्मा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राईलाई दिएको जनाएको छ ।

पार्टी प्रदेश समितिको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनको जिम्मा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगूले पाएका छन् भने प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खालाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

त्यस्तै अतिथि सत्कारमा पदमकुमारी राई, उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राईलाई जिम्मेवारी दिइएको छ ।

जसपा नेपालले प्रदेश १ मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु जिल्लाका अधिवेशन सम्पन्न भइसकेका र बाँकी जिल्लाको अधिवशेन चाँढै सम्पन्न गरिने मुख्यसचिव कटुवालको भनाइ छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;