फाल्गुनन्द गाउँपालिकाले १५ लाख रुपैयाँका कृषि उपकरणहरू कृषकहरूलाई हस्तान्तरण

 लिम्बुवान न्युज
                       

पान्थर, २२ साउन ।  फाल्गुनन्द गाउँपालिका, पाँचथरले  “कृषिमा आधुनिकता, कृषकमा समृद्धि” भन्ने नारालाई आत्मसात् गर्दै कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमलाई याे बर्ष पनि निरन्तरता दिएकाे छ।

बुधबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत कृषकहरूको जीवनमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित कृषकको लागत साझेदारीमा आधारित १५ लाख रुपैयाँ बराबरका कृषि उपकरणहरू वितरण गरिएको हो।

मिनि टिलर, स्प्रेयर, प्लास्टिक टनेल, सिँचाइ पाइप लगायत दक्ष र प्रयोगमैत्री यन्त्रहरू कृषकहरूलाइ वितरण गरिएकाे छ । कार्यक्रमबाट व्यवसायिक कृषक समूह, कृषि सहकारी संस्था, निजी फर्महरू तथा अपाङ्गता आयआर्जन कार्यक्रम अन्तर्गत छनोट गरिएका २५ जना कृषकहरू लाभान्वित भएका छन्। उपकरण वितरणले गाउँपालिका भरिका अगुवा कृषकहरूलाई प्रविधिमैत्री कृषि प्रणालीतर्फ प्रेरित गरेको छ।

उपकरण हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य,  प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कृषि शाखा प्रमुख सुगम घिमिरेले जानकारी दिए ।

कार्यक्रममा कृषकहरूलाइ उपकरण वितरण गर्दै अध्यक्ष आङ्देम्वेले भने, “हाम्रो गाउँपालिका परम्परागत कृषिबाट बाहिर निस्किँदैछ। आधुनिक उपकरणको प्रयोगमार्फत श्रम घटाउने र उत्पादन बढाउने दिशामा हामी दृढ छौं।”

त्यस्तै, उपाध्यक्ष नेम्वाङले कृषिमा आधुनिक यन्त्रले क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गरिने बताए ।

कृषि शाखा प्रमुख घिमिरेले प्रविधियुक्त उपकरणको प्रयोगले कृषकको श्रम, समय र लागत बचत हुने र उत्पादनमा उल्लेखनीय वृद्धि हुने लक्ष्य राखिएको जनाए । उनले भने, “सामान्य मेहनतले असाधारण नतिजा दिने समय अब सुरु भएको छ। प्रविधिको सहारा लिएर कृषिमा आत्मनिर्भरता सम्भव छ।” उपकरण पाएका कृषकहरू उत्साहित देखिए। एक लाभग्राहीले भने, “पहिले गोरु जोतेर खेती गर्थ्यौं, पानी बोकेर सिंचाइ गर्नुपर्थ्यो। अब उपकरणको सहायताले समयमै खेती गर्न र राम्रो उत्पादन लिन सजिलो हुनेछ।”

धेरै धान फलाउने किसानलाई हरेक वर्ष सम्मान गर्दै आएको यस गाउँपालिकाले यस्ता कार्यक्रमलाई भविष्यमा अझ व्यवस्थित, प्रभावकारी र उत्पादनमुखी बनाउँदै लैजाने योजना बनाएको छ।

आत्मनिर्भरता, रोजगारी सिर्जना र कृषकमैत्री नीतिलाई प्राथमिकतामा राख्दै, समृद्ध र समुन्नत कृषिको बाटोमा अघि बढ्न गाउँपालिका प्रतिबद्ध देखिएको छ। यस कार्यक्रमले फाल्गुनन्द गाउँपालिकामा कृषि यान्त्रिकरणको नयाँ युगको सुरुवात गराएको छ।

आधुनिक उपकरणले खेतमा मात्र होइन, कृषकको मनमा पनि नयाँ आशा र आत्मविश्वास रोपेको छ। हरियाली भूमिमा अब प्रविधिको सुवास थपिँदै, फाल्गुनन्द प्रविधियुक्त, उत्पादनमुखी र आत्मनिर्भर कृषि यात्रातर्फ अघि बढेको छ।  कृषि उत्पादनमा यो गाउँपालिका जिल्लामा अगुवाईको रुपमा परिचित छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...