वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

 लिम्बुवान न्युज
                       


दमक, २६ साउन। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ ।

आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्रख्यात कविताहरु वाचन गरेका थिए ।

कार्यक्रमको सुरुवातमा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले माङगेन्ना मुन्धुम वाचन गरेर काइँलाको माङगेन्ना उठाएका थिए ।

नेपाल लिटरेरी ग्रुपको आयोजना, किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रमबीच कवि तथा गजलकार शिव रेग्मी प्रणतले कवि वैरागी काइँलाको मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित वाचन मात्रै गरेनन्, आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाईसमेत सम्झेका थिए ।

प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले कविता वाचनसहित तेस्रो आयामले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गरिन् ।

याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले बि. काइँलाले याक्थुङ साहित्यमा ठूलो योगदान पुर्याएको बताए ।

फरक आयामका संयोजक साङसेन पन्धाकले जन्मदिनमा केक काट्नु भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु एउटा नेपाली मौलिक संस्कृतिलाई जिवन्त बनाउने कार्य भएको जिकिर गरेका थिए ।

कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी र जिवन विवश बेघाले कवि वैरागी काइँलाका कविता वाचन गरेका थिए ।

नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीले कवि वैरागी काइँलाको कविता वाचन र साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...