पहिचान पुरस्कारबाट लावती पुरस्कृत

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चाेडबाङ

दमक, २८ साउन ।  दमकमा रहेर अढाइ दशकदेखि पत्रकारिता गरिरहेका लिम्बुवानखबर डटकमका प्रधानसम्पादक दिलकुमार लावती पहिचान पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

मंगलबार धरानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)प्रदेश समितिले सस्थाको २६औं स्थापना दिवसको अवसरमा लावती सहित २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हाे ।

लावतीसँगै भोजपुरकी शारदा तामाङलाई साे प्रदान गरिएकाे थियाे । पुरस्कृत द्वयलाइ नगद १० हजार छब्बिस रूपैयाँ राशीकाे पुरस्कार, दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे हो ।

लावती २०५७ सालमा युगान्तर सन्देश मासिक पत्रिका हुँदै विभिन्न मिडियामा अाबद्ध भइ हाल २०७७ सालदेखि लिम्बुवानखबर अनलाइन न्यूज पाेटलकाे संचालत तथा प्रधान सम्पादक हुन् । पहिचान, संघीयता, धर्मनिरपेक्षता, स्वायत्ता र अादिवासी अधिकारप्रति बढि कृयासिल लावती प्रदेश नंं १ काे नाे काेशी अान्दाेलन र मुक्कुमलुङमा नाे केवलकार लगायत सबै खाले अान्दाेलनहरूमा सरिक भइ रिपाेर्टिङ् गरेर पहिचानकाे अावाज शसक्त उठाउने पत्रकारकाे रूपमा चिनिन्छन् ।  यसैगरी तामाङ भाेजपुरकी स्थापित पत्रकार हुन् । उनी रेडियाे, टेलिभिजन लगायत विभिन्न मिडियमा अाबद्ध रहेकी छन् ।

प्रदेश १ का अग्रज पत्रकारहरूकाे उपस्थितिमा अायाेजित कार्यक्रममा फाेनिज संघीय समिति, राइ पत्रकार र लिम्बु पत्रकार संघमा निर्वाचित पदाधिकारी तथा समितिहरूलाइ समेत सम्मान गरिएकाे थियाे । कार्यक्रम फाेनिज प्रदेश १ का अध्यक्ष विजयबाेध लावतीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...