जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच कार्यगत एकता

,   लिम्बुवान न्युज
                       

ललितपुर, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच यी दुई दलले एकता उन्मुख कार्यगत एकता गरेका हुन् ।

जसपाका अध्यक्ष अशोक राई र रामुपा, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरेका छन् । कार्यगत एकताको घोषणा गर्दै दुई अध्यक्षले हस्ताक्षर गरेका छन् ।

राई उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका हुन भन महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएर हालैमात्र आफ्नो अध्यक्षतामा पार्टी गठन गरेका थिए ।

नेपालको संविधान अपूर्ण, पहिचान विरोधी र विभेदकारी रहेको भन्दै त्यसलाई संशोधन, पुनःलेखन तथा परिमार्जनका लागि संयुक्त रूपमा आन्दोलन गर्ने सहमति दुवै दलले गरेका छन् ।

त्यसका लागि दुवै दलले सरकार, संसद र सडक तीनवटै क्षेत्रबाट दबाबमूलक कार्यक्रम गर्ने सहमति भएको स्रोतले जनाएको छ । दुवै दल सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक न्यायसहितको राज्य व्यवस्था स्थापनाका लागि सक्रिय रहने बताइएको छ ।

साथै संघीयता र लोकतन्त्रलाई सुदृढ गर्दै बहुजातीय तथा बहुल राष्ट्रिय राज्य निर्माणका लागि दुवै पार्टी अगाडि बढ्ने निर्णय समेत भएको जसपाका एक नताले बताए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;