इलाम २ को झल्को दिनेगरी रुपन्देही ३ मा संयुक्त मोर्चाको उम्मेदवारी दिने

 लिम्बुवान न्युज
                       

ललितपुर, ३१ साउन । संयुक्त पहिचानवादी मोर्चाले इलाम–२ को उपनिर्वाचनको झल्को रूपन्देही–३ मा दोहो¥याउने लक्ष्यका साथ उपनिर्वाचनमा भागलिने निर्णय गरेको छ ।

आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनलाई लक्षित गर्दै संयुक्त पहिचानवादी मोर्चाले नेपाल जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।

गत बर्ष इलाम–२ मा डकेन्द्र सिंह थेगिमलाई साझा उम्मेदवार बनाएर मोर्चासहितका विभिन्न पहिचान पक्षधर दल र समूहले पुराना ठूला दलहरूलाई कडा चुनौती दिँदै वैकल्पिक विचार र नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारी मोर्चाले थालेको छ ।

त्यही इलाम–२ मोडललाई आधार बनाउँदै रूपन्देही–३ मा समेत कडा टक्कर दिने तयारी सुरु भइसकेको मोर्चाकासदस्य–सचिव अशोक चेम्जोङले बताए ।

आन्दोलनलाई प्रमुख कार्यक्रम बनाउँदै आएको मोर्चाले निर्वाचनलाई “आधुनिक विद्रोहको मोडल” रूपमा प्रयोग गर्ने र २०८४ को निर्वाचनमा सत्ता कब्जा गर्ने दीर्घ लक्ष्यसहित अघि बढिरहेको सदस्य सचिव चेम्जोङले बताए ।

बुधवार ललितपुर–थसिखेलस्थित पहिचानवादी मोर्चाको संघीय कार्यालयमा मोर्चाका संयोजक डा. महेन्द्र लावतीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उप–निर्वाचनमा साझा उम्मेद्वार प्रस्तुत गर्नेसहित तीन बुँदे निर्णय सार्वजनिक गरेको हो ।

एकतालाई अझ बृहत बनाउन घटक सदस्य थप्ने छलफल निरन्तर जारी रहने, यस क्रममा देशभक्त समाजवादी मोर्चा र नेपाल बौद्ध अम्बेडकर महासभालाई संयुक्त पहिचानवादी मोचांका घटक सदस्यका रूपमा रहने निर्णय गरेको छ भने दुवै घटक दलबाट एक–एक सचिवालय सदस्य र एक–एक कार्यदल सदस्य पठाउनु पर्ने देशभक्त समाजवादी मोर्चाको नाममा सदस्य घटक रहने इच्छापत्र संयुक्त पहिचानवादी मोर्चालाई पठाउनु पर्ने निर्याय गरेको छ ।

त्यसैगरी नयाँ बन्ने एकीकृत बृहत पार्टीको नाम, झन्डा, चुनाव चिन्ह, वैचारिक तथा सैद्धान्तिक पक्ष, रणनीतिक कार्यक्रम र कार्यदिशा, शासकीय स्वरूप, सांगठनिक संरचना, नेता कार्यकर्ताको व्यवस्थापन, १ नं. प्रदेशको साझा नामको निर्कील र विधान तथा घोषणापत्रको मस्यौदा तयार गरी आगामी भदौ १५ गतेसम्ममा पेश गर्ने निर्णय गरेको संयुक्त पहिचानवादी मोर्चाका सदस्य सचिव अशोक चेम्जोङद्धारा जारी सचिवालय परिपत्रमा उल्लेख छ ।

यस एकता प्रक्रियामा पूर्वमन्त्री एम.एस. थापाले संरक्षकत्व गरेको तथा केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी, प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, डकेन्द्र सिंह थेगिमको प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिमा थप दुइवटा पूर्वमन्त्री गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा र नेपाल बौद्ध अम्बेडकर संगठन गरि छ घटक रहेका छन् ।

सबै दलहरू एकताको अन्तिम चरणमा पुगेका छन् । यद्यपी एकता र सहकार्यका लागि मोर्चाको ढोका सधैं खुला रहने सदस्य सचिव चेम्जोङले बताए ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...