दमक, ०३ भदौ / दमक उद्योग बाणीज्य संघले ३५औं स्थापना दिवसको अवसर पारेर बस्तुगत संघहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा स्थापना दिवसको अवसरमा ब्यवसायीहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्न लागेको जनाइएको छ ।
ब्यवसायीहरुलाई खेलकुदका माध्यमबाट स्वास्थ्य सचेतना जगाउन र व्यवसायीहरुबीचको सम्बन्ध प्रगाढ बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको दमक उद्योग बाणीज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल)ले जानकारी दिनुभयो ।
संघले यही भदौ ५ र ६ गते दुई दिन प्रतियोगिता सञ्चालन गर्न लागेको फुटसल प्रतियोगिताका कार्यक्रम संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनकै विच प्रतियोगितामा सहभागी १० वटा टिमहरु विचको टाईसिट (खेल तालिका) सार्वजनिक गरिएको छ ।
सोही कार्यक्रममा प्रतियोगितामा सहभागी बस्तुगत टिमका प्रतिनिधिहरुबाट गोला प्रथाबाट टाईसिट बनाईएको थियो ।
संघका कानुनी सल्लाहकार संयोजक नारायण केसीले टाईसिट सार्वजनिकका लागि गोला सञ्चालन गर्नु भएको थियो ।
प्रतियोगितामा जुत्ता चप्पल, स्वास्थ्य, मोबाइल, सुनचाँदी, अटो मोबायल, रेडिमेड कपडा, किराना तथा खाद्यान्न, होटल, फर्निचर तथा फर्निसिङ र निर्माण ब्यावसायीहरुको बस्तुगत संघ गरि १० वटा टिम विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले ३३ हजार तिन सय तेत्तीस रुपैयाँ र उप विजेता टिमले २२ हजार दुई सय २२ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्न जनाइएको छ ।