तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायिलाई

 लिम्बुवान न्युज
                       

दमक, ७ भदौ/ दमकमा भएको ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ ।
दमक उद्योग बाणिज्य संघले आफ्नो ३५औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको सो उपाधि जितेको हो ।

विजेता संघले नगद ३३ हजार तीन सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।

त्यस्तै, उपविजेता बनेको मोबाइल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत बिहीबार र शुक्रबार सञ्चालित सो प्रतियोगिताको अनुशासित टिम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ घोषित भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी निर्माण व्यवसायी संघका लेलेन सुब्बा, उत्कृष्ट गोलकिपर निर्माण व्यवसायीतर्फकै दिपेन थापा, हाई स्कोरर मोबाइल व्यवसायी संघका शरण राई घोषित भए ।

विधागत उत्कृष्ट खेलाडीलाईसमेत नगदसहित पुरस्कृत गरिएको दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् खेलकुद उप समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनु भयो ।

समापन समारोहको प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल रहनु भएको थियो ।  उहाँले व्यवसायीहरुबीचको खेलकुदमैत्री वातावरणको प्रशंसा गर्नुभयो ।

संघका अध्यक्ष गोपाल गुराँगाईले व्यवसायीहरूलाई रिफ्रेस गराउँदै व्यवस्तताका बाबजुद स्वास्थ्यका लागि खेलकुदमा सहभागी हुने वातावरण सिर्जना गराउन र व्यवसायीहरुबीच मित्रवत सम्बन्ध बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...