लिम्बू चलचित्र “थेत्लङ” सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, ९ भदौ / लिम्बु कथामा आधारित लिम्बू(याक्थुङ) भाषाको चलचित्र ‘थेत्लङ’ सार्वजानिक भएको छ | ओपेरा इन्टरटेन्मेन्ट नेपालको अफिसियल युटुब च्यानलमा सार्वजानिक गरिएको हो |

सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू ‘होन्दोक’द्वारा लिखित बहुचर्चित उपन्यासलाइ चलचित्र निर्माण गरिएको हो | सन् २०१८ मा सिक्किमबाट निर्माण भएको पहिलो लिम्बु चलचित्र थेत्लङलाइ गायक तथा संगीतकार मनि ताम्लिङले निर्माण गरेका हुन् |

सिक्किमको ग्रेजुएसन तहमा अध्यापन हुने उपन्यास थेत्लङलाइ सागर केरुङले पटकथा/संवाद गरेका हुन् भने किशोर सुब्बाले निर्देशन गरेका छन् |

लभस्टोरी जनरामा निर्माण भएको वियोगान्त चलचित्र थेत्लङमा सागर केरुङ, दिलसिङ मेन्याङबो, यादन सेर्मा र देउमान लिम्बू होन्दोकको गीतलाई मनि ताम्लिङ, कुल्बा सुब्बा र राजु आङदेम्बेले संगीत गरेका छन् भने मनु नेम्बाङ, मनि ताम्लिङ, सिता सिङगक, मिजिरा लिम्बू, राम दुखि आङदेम्बे, विष्णु चेम्जोङ र यादन सेर्माले स्वर दिएका छन् |

सिक्किमको हिमागाउँ, युमाङ थेगु, हिमाङहिम लगायत विभिन्न ऐतिहासिक एवम् पर्यटकीयस्थलहरुमा छायांकन भएको चलचित्रमा हेमन योन्जनको छायांकन/सम्पादन, कलर करेक्सन किरणराज थापा, ब्यागराउण्ड म्युजिक मनि ताम्लिङ, नृत्य निर्देशन दिनेश माङमुले गरेका छन् भने बिशाल सेनेहाङ, दिब्या लिम्बू, सागर केरुङ, सरन सावादेन, सुकवीर चोङ लगायतले अभिनय गरेका छन् ।

सिक्किम, नेपाल, हङकङ, युएइ, कोरिया, दुवै, युके, अमेरिका लगायत विभिन्न देशमा प्रदर्शन भएपश्चात युटुबमा सार्वजानिक गरिएको निर्माता मनि ताम्लिङले बताए |

निर्माता ताम्लिङ चलचित्र थेत्लङको सफलतापछि अर्को नेपाली चलचित्र निर्माणको तयारीमा जुटेको देखिन्छ | लिम्बू संस्कृतिमा आधारित् ‘मंगनी’ को विषयमा स्क्रिप्ट लेखन कार्य भइरहेको बताइएको छ |

आगामी डिसेम्बरबाट सिक्किम र नेपालको विभिन्न ठाउँहरुमा छायांकन हुने चलचित्र ‘मंगनी’ लाइ अम्लारी फिल्म्स सिक्किम र ओपेरा इन्टरटेन्मेन्ट नेपालले संयुक्तरुपमा निर्माण गर्ने निर्माण पक्षले जनाएको छ ।

ywUiNKJaZHg?si=j9M7xZB7NH_a1zRg

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;