मुख्यमन्त्री कार्कीलाई पत्रकार महासंघ प्रदेश समितिले बुझायो ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       


दमक, १० भदौं । प्रदेश नं. १ (कोशी) प्रदेश सरकारले संचारसम्बन्धी ल्याएको विधेयकको विरोध गर्दै आएका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. १ (कोशी) समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश सरकारले ल्याएको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को पत्रकारहरुले विरोध गरेका छन् ।
महासंघको अगुवाईमा विभिन्न चरणबद्ध आन्दोलननै घोषणा भएपछि प्रदेश सरकारले ‘प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि थप छलफल गर्न तयार भएको छ ।
संविधानको मर्म विपरितका प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
आन्दोलनको घाषित कार्यक्रम अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
प्रदेशसभामा प्रवेश गरिसकेका कारण सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरूसँग थप छलफल गरेरमात्र अगाडि बढ्ने बताए ।
विधेयकका विषयमा प्रस्तुत भएका असहमतिका विषयलाई वार्ताछलफलका माध्यमबाट समाधान गर्न प्रयत्न गरिने उनले बताए ।
पत्रकार महासंघ लगायत विभिन्न पत्रकारजन्य संगठनहरुले विधेयकको विरोध गर्दै विज्ञप्ति साथै आन्दोलन शुरु गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...