केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

  • बसन्त राज सुब्बा

कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष पनि शुभकामना आदान प्रदानका साथै नाचगान गर्दै मनाइएको हो ।

तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । तिजको अघिल्लो रात द्वितियाको दिन दर खाने गरिन्छ । तिजको दिन व्रत बस्ने परम्परा रहेको छ । चौथीका दिन स्नान गरी ब्रतको पारण खाने गरिन्छ भने तिजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीको दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपान गरी स्नान गर्छन् ।

अपमार्ग लेपनले छालामा हुने चिलाउने हटाउने विश्वास छ । पञ्चमीको दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदिग्न तथा वशिष्ठ ऋषिको पूजाआजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी खाइन्छ । त्यो दिन श्रीमानले पकाएको खाना खाए आपसी आत्मीयता एवम् सद्भाव बढ्ने विश्वास पनि गरिन्छ ।

केन्द्रकी अध्यक्ष पुर्ण कुमारी देवानको अध्यक्षता तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख अतिथ्यतामा भएको तिज विशेष कार्यक्रममा विशिष्ट अतिथि कमल वार्ड ३ अध्यक्ष अग्नि प्रसाद कोइराला त्यसैगरी विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, किर्तन मण्डलीका प्रतिनिधी पत्रकार स्थानीयबासी लगायतको उपस्थितीमा तिज विशेष कार्यक्रम मनाएको हो ।

प्रमुख अतिथि कमल गा.पा उपाध्यक्ष प्रर्मिला तिवारीले हरेक वर्ष झैँ यस बर्ष पनि यो पर्व हर्सोल्लासका साथ सम्पन्न गरेकोमा संस्थालाई धन्यवाद दिएकी थिइन् भने पालिकाको तर्फबाट शुभकामना समेत दिएकी थिइन् ।

केन्द्रकी सहसचिव देवि माया नेपालले सन्चालन गरेको कार्यक्रममा सस्थाकी सदस्य सृजना ढकालले उपस्थित दिदीबहिनीहरुलाई स्वागत गर्नु भएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;