फाक्फाेकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि भदाैं १३ गतेबाट आवेदन संकलन सुरु

 लिम्बुवान न्युज
                       

दमक, १२ भदाैं । नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा आयोगको टोली र गाउँपालिमा टिमबीच संयुक्त विशेष बैठक सम्पन्न भएको हो।

बिहिबार बसेकाे बैठककाे निर्णय अनुसार अबको १५ दिनभित्र  पालिकाकाे ७ वटै वडाका नागरिकहरूबाट आवेदन फाराम संकलन गरिनेछ। उक्त कार्य भदौ १३ गतेबाट सुरु भइ १५ दिनभित्र संकलन गरिसक्न सबै वडा कार्यालयहरूलाई आवश्यक निर्देशन जारी गरिने पालिकाले जनाएकाे छ ।

सरकारको यो अभियान जग्गाविहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास तथा अव्यवस्थित जग्गा प्रयोगकर्ताहरूलाई व्यवस्थित गर्दै धनीपुर्जा प्रदान गर्ने अन्तिम अवसर हो।

पालिका अध्यक्ष खनालले सम्पूर्ण फाकफोकथुमवासीलाई आफ्नो वडा कार्यालयमा पुगेर समयमै आवेदन फाराम भर्न अनुरोध गरेका छन् । सरकारले दिएको यो अवसर गुम्न नदिनुहोला भन्ने सन्देश कार्यपालिकाले स्पष्ट रूपमा दिएको छ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले पनि फाकफोकथुमवासीलाई यो अभियानप्रति सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उहाँले भने, “सरकारले अन्तिम पटक जग्गा व्यवस्था गर्ने अभियान सञ्चालन गरेको हो । यो ऐतिहासिक अवसर हो, जसको लाभ सबै सरोकारवालाले लिनुपर्छ।”

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...