आदिवासी जनजाति महासंघको मन्त्री न्यौपानेलाई जनजाति प्रतिष्ठान खारेज वा अन्यमा नगाभ्न ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

ललितपुर,१३ भ्स्दौ । नेपाल आदिवासी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै महासंघले निर्णय सच्याई प्रतिष्ठानलाई यथावत राख्न माग गरेको हो ।

सरकारले सार्वजानिक खर्च कटौती गर्न गठित कार्यदलको प्रतिबेदनको आधारमा प्रतिष्ठान लगायत अन्य सरकारी कार्यालयहरु खारेज गर्ने या अन्यमा गाभ्न मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यदल बनाई अध्ययन प्रक्रिया अघि बढेकोमा महासंघले आपत्ति जनाउदै उक्त प्रक्रिया सच्याई प्रतिष्ठान खारेजीको विषय रोक्न मन्त्री न्यौपानेसँग माग गरेको छ ।

सरकारले सार्वजानिक खर्च कटौती गर्न २०७५ सालमा डा. डील्लीराज खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिष्ठानलाई अन्यमा गाभ्न निर्णय गरेको थियो ।

उक्त प्रतिवेदनलाई थप अध्ययन गरी प्रतिवेदनबाट खारेजीको विषय तत्काल हटाउन महासंघले मन्त्री न्यौपानेको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले बताउनु भयो ।

मन्त्री न्यौपानेलाई ज्ञापनपत्र दिन अध्यक्ष शेर्पाको नेतृत्वमा महासचिव दिवस राई लगायत महासंघका प्रतिनिधि तथा जातिय संघसस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...