याक्थुङ युवा मञ्च ललितपुर अध्यक्षमा सविता सम्बाहाम्फे निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, १५ भदाैं । याक्थुङ युवा मञ्च ललितपुर जिल्लाकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार ललितपुर ताल्चिखेलस्थित चुम्लुङ हिममा सम्पन्न अधिवेशनले सविता सम्बाहाम्फेको अध्यक्षतामा नयाँ समिति गठन गरिएकाे हाे ।

समितिकाे उपाध्यक्षमा अमर तुम्बापो, सचिव गगन प्रकाश लावती, सहसचिव बिबेक बेघा र कोषाध्यक्षमा रविना लिम्बूलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरूमा छयम चेम्जोङ र दर्पण सेर्मालाई सदस्यमा निर्वाचित गरेगरेको छ | अन्य सदस्यहरू पछि थप गरिने वताइएकाे छ ।

किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा याक्थुङ युवा मञ्चका संघीय सल्लाहकार सागर केरुङ, संघीय उपाध्यक्ष सुनिल आङबो, सचिव प्रताप निङलेकु, सदस्य सन्जोक मादेन, काठमान्डौ जिल्ला अध्यक्ष असन योङहाङ, भक्तपुर अध्यक्ष साम्सोहाङ आसमति लिम्बू र याक्थुङ मुन्चइत चोक सयङका संघीय सदस्य बिपना आङबुहाङ ‘सुहाङमा’ लगायतको उपस्थिति रहेको थियो |

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...