राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, १५ भदाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको ११औं जिल्ला अधिवेशनले पुनः केशवप्रसाद ओझाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । शनिबार विर्तामोडमा सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा जिल्ला समिति गठन गरेको हो ।

जिल्ला समितिको सदस्यहरुमा राजकुमार योङया र प्रकाश बस्नेत, शंकरप्रसाद रिजाल, राजकुमार लिङखिम, कूलबहादुर थापा, प्रविण रिमाल, संगीता रौनियार, पशुपति पोखरेल, ख्याम कार्की, सत्यानारायण यादव, शारदा बुढाथोकी, हर्क तामाङ, प्रेम फुयाँल, गंगादेवी दुलाल, चित्रा श्रेष्ठ, देवीबहादुर थापा, भिमबहादुर बस्नेत, खगेन्द्र पाण्डे, बालिका रायमाझी, कृष्णमाया थापा, राम न्यौपाने, निमसरी राजवंशी, विष्णु गिरी, दिपेश राई, टिकाराम फुयाँल, लक्ष्मीदेवी मैनाली र अस्मिता खरेल लगायत सर्वसम्मत चयन हुनुभएको राप्रपा झापाले जनाएको छ ।

अधिवेशनको राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाही, राप्रपाका प्रदेश नं. १ (कोशी) प्रदेश अध्यक्ष तथा दमक नगर नगरपालिकाका प्रमुख रामबहादुर कार्की लगायातले नव निर्वाचित समितिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...