किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

,   लिम्बुवान न्युज
                       

ललितपुर, १७ भदौ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले ललितपुर तिखेदेवलस्थित संघीय कार्यालयको सभाहलमा विविध सास्कृतिक कार्यक्रमगरी ३७औं स्थापना दिवस मनाइएको छ ।

कियाचु सस्थापक अध्यक्ष नन्द कन्दङ्वाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ लगायत विभिन्न जातीय सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रतिनिधिसभा, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, विभिन्न सघ संस्थाका प्रमुखहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि कन्दङवाले याक्थुङ बाजा के (च्याब्रुङ) बजाएर गर्नु भयाेकाे थियाे । फक्ताङलुङ सांस्कृतिक मञ्चका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए भने केलाङ, याःलाङ लगायत सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

प्रमुख अतिथि संस्थापक कियाचु अध्यक्ष कन्दङ्वाले लिम्बु जातीहरुबिच एकता कायम गर्दै भाषा, लिपि, संस्कार, संस्कृति र परम्परालाई समेत एकरुपता दिनलाई चुम्लुङ आज भन्दा ३६ बर्ष अगाडि स्थापना गरिएको बताउनु भयो । चुम्लुङ् आदिवासी जनजातिहरुको छाता संगठनमा याक्थुङहरुको प्रतिनिधित्व गर्ने भएको हुँदा विभिन्न हल्लाहरुको पछि नलाग्न पनि वहाँले अनुरोध तथा आव्हान गर्नु भयो ।

कार्यक्रममा याक्थुङ युवा मञ्चका उपाध्यक्ष सुनिल आङबो लिम्बु, संयुक्त पहिचानवादी मोर्चाका संयोजक डा. महेन्द्र लावती, प्रदेश नंं १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, संसद एलपी साँवा लगायत वक्ताहरुले ३७औं स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कियाचू उपाध्यक्ष डा. कमल तिगेलाले स्वागत मन्तव्यसँगै चुम्लुङले हालसम्म गरेका गतिविधिहरु काठमाडौ युनिभर्सिटीमा डिप्लोमा तहमा लिम्बू भाषा पढाइ हुने बताउनु भयो त्यसैगरी लिम्बुवान क्षेत्रमा भएका लिम्बूहरुको माङ्गेन्ना यक संरक्षण गर्ने बारे, किरात सिरिजङ्गा लिपि विवादलाई अन्त्य गर्ने र सिरिजङ्गालाई राष्ट्रिय बिभुती घोषणा गर्न सरकारसँग माग लगायत कार्यहरु चुम्लुङले आगामी दिनमा गर्ने स्पष्ट पार्दै प्रतिवेदन पेश गर्नुभएको थियो ।

यस्तैगरी महासचिव निरन्ती तुम्बापोले प्रदेश १ को नाम कोशी खारेजी आन्दोलन, मुक्कुमलुङमा नो केवलकार आन्दोलन, प्रदेश नं. १ मा लिम्बु र मैथिली भाषालाई कामकाजी भाषा लगायतका कार्यक्रमहरुमा चुम्लुङ निरन्तर क्रियासिल रहेको स्पष्ट पार्दैं कार्यपत्र पेश गरेकी थिईन ।

कार्यक्रमको समापनमा बोल्दै चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले चुम्लुङ लिम्बुहरुको साझा संस्था हो । संचारमाध्यमहरुमा पछिल्लो समय विभिन्न हल्लाहरु भईरहेको छ त्यसको पछि नलाग्न सबैलाई अनुरोध गर्नुभयो ।

जिल्ला, पालिका र प्रवासहरुमा पनि चुम्लुङ स्थापना दिवस मनाइयो

किरात याक्थुङ चुम्लुङ जिल्ला समितिहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर, इलाम त्यसैगरी भरतपुर, पोखरा लगायत अन्य जिल्लाहरु, धरान, दमक, मेचीनगर, विराटनगर लगायत दर्जनौं पालिकाहरु र प्रवास समितिहरुले पनि स्थापना दिवस मनाएका छन् ।
स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु, पत्रकार, छात्रछात्राहरु, साहित्यकारहरु समेत सम्मानित र पुरस्कृति भएको वताइएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;