जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

 लिम्बुवान न्युज
                       

 

यसबिचमा केही इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कबाट भने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोगबिना नै फेसबुक, मेसेन्जर लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका छन् । यद्यपि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको बारेमा कुनै आधिकारिक सूचना जारी गरेको छैन ।

राजधानीलगायत देशका प्रमुख सहरहरूमा जेन-जी युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यसबिचमा कम्तीमा १४ जनाको मृत्यु तथा सयाैँ जना घाइते भएको विवरण प्राप्त भएको छ । गाडी जलाउने र सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने जस्ता हिंसात्मक गतिविधिहरू पनि बढेका छन् ।

सरकारले सूचीकरणमा नआएको भन्दै १९ भदाैदेखि २६ ओटा प्लेटफर्म नेपालमा बन्द गराएको थियो । यस प्रतिबन्धको विरोधमा युवा पुस्ताले चर्को आवाज उठाउँदै आएका छन् । उनीहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हननका रूपमा लिएका छन् ।

 

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...

आज खग्रास चन्द्रगहणः के गर्नु हुँदैन ?

ललितपुर, २१ भदौं । आज (आइतबार) भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार राति १०ः११ मिनेटमा ग्रहण स्पर्श, ११ः१५ मिनेटमा सम्मीलन, ११ः५६ मिनेटमा मध्य, १२ः३८ मिनेटमा...