युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

 लिम्बुवान न्युज
                       

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको छ।

वाईआईएलका संयोजक सनम लिम्बूले जारी गरेको वक्तव्यमा हालै भएको जनआन्दोलनका क्रममा सहिद भएका क्रान्तिकारी सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवारप्रति गहिरो संवेदना व्यक्त गरिएको छ। साथै सहिदहरूको बलिदानलाई व्यर्थ हुन नदिई सफलतापूर्वक सम्पन्न नेपाली सेनालगायतका सुरक्षाकर्मीहरूको योगदानलाई उच्च प्रशंसा गरिएको छ।

 

जेनजी पुस्ताले विगतका संगठनहरू नेविसंघ, वाईसिएल, युवा संगठनलगायत अन्य समूहहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै नयाँ पुस्ता जेनजीले देशलाई क्रान्तिकारी मार्गतर्फ अघि बढाउन सक्ने सामर्थ्य राख्ने विश्वास व्यक्त गरेको छ। संगठनले आफूलाई  जनताबाट अस्वीकृत भ्र्ष्ट, असफल, परनिर्भरवादी कम्युनिष्ट र शक्तिहरूसँग निरन्तर लड्ने स्वतन्त्र र स्वदेशप्रेमी इन्डिजिनिष्ट शक्ति भन्दै देश र जनताको हितविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई नकाम पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।

राजधानीको अनामनगरमा रहेको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै वाईआईएलका संयोजक लिम्बूले जेनजी पुस्ताका युवामाथि हुनसक्ने सुरक्षा चुनौतिको आफ्नो संगठनले निगरानी राखिरहेको र आवश्यक सुरक्षा युवाहरुलाई दिने जानकारी दिनु भयो । उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी देश र जनताविरुद्ध तलव बिहीन सिजिनले गरेका कुनै पनि संकटपूर्ण षड्यन्त्रलाई नकाम पार्ने महान अभियानमा निरन्तर साथ र संघर्ष गर्ने प्रण गर्दछौं।’

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...