किरात याक्थुङ चुम्लुङ ललितपुर अध्यक्षमा ई शुभराज थाम्सुहाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


ललितपुर, ५ असोज । किरात याक्थुङ चुम्लुङ् जिल्ला कार्य समिति ललितपुरको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार ललिपुरस्थित चुम्लुङ हिममा आयोजित अधिवेशनले इन्जिनियर शुभराज थाम्सुहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

कियाचू संघीय अध्यक्ष प्रेम ऐक्तेनको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले समितिको उपाध्यक्षहरुमा आशा नेम्बाङ, कृष्णराज नेम्बाङ्, सचिवमा खड्ग नुगो, सह–सचिवहरुमा विरेन्द्र पालुङवा र सुम्मिना यक्सो र कोषाध्यक्षमा गंगाकुमारी लिवाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा देउमान लुम्फुङवा, लालबहादुर हुक्पा चोङबाङ, निर्मला आङबुहाङ, ई. डम्बर तुम्रोक, इन्दिरा चेम्जोङ, विष्णु सिंगक, लक्ष्मी पन्धाक, इ. हितराज चोङबाङ, जुनिता नेम्बाङ, रणदीप लिम्बु, दधी पन्धाक, भगीश्वर (दिलीप) लुम्फुङवा, पुनम बोखिम, मोहन चेम्जोङ, योगेन लोक्ताम, विद्या केरुङ, प्रभा सुहाङ, गीता कुरुम्बाङ, एन्जीला थाम्सुहाङ र देवराज थाम्सुहाङ रहेका छन् ।

त्यसैगरी राष्ट्रिय चुम्लुङ सदस्यहरुमा मे. चन्द्रप्रसाद फयङ साँबा, चन्द्रकुमार योङया, गोविन्द कन्दङवा रहेका छन् ।

यसरी नै जिल्ला सांस्कृतिक परिषदमा अध्यक्ष भगीश्वर लुङफुवा दिलीप, सदस्यहरुमा सविता चेम्जोङ, पुनम बोखिम, मनकला थक्लुङ, तुलसी नेयोङ, डिल्लीराम आङदेम्बे, पदम ईजम, अगमसिंह साम्सोहाङ ईन्दु फोम्बो, मनकुमार नेम्बाङ, जहरसिं तावा, मनोज लिम्बु र उपासना नेम्बाङ रहेका छन् ।

अधिवेशनमा चुम्लुङका पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विभागका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...