प्रधानमन्त्री र निर्वाचन आयोग बिच फागुन २१ मा गर्ने निर्वाचन बारे छलफल

 लिम्बुवान न्युज
                       

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शुसीला कार्कीज्यू र निर्वाचन आयोगका पदाधिकारी बिच मन्त्रीपरिषदको कार्यालयमा भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा फाल्गुन २१ गते सम्पन्नहुने प्रतिनिधिसभा निर्वाचन बारे छलफल भएको हो ।

छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्न नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताउनु भयो ।

निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने प्रधानमन्त्री कार्कीले कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नु भएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय राम प्रसाद भण्डारीज्यूले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्दै सरकारबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्नुभएको छ ।

आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गर्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालालाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

छलफलमा नेपाल सरकारका माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, माननीय गृहमन्त्री ओम प्रकाश अर्याल, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...