अर्थमन्त्रालयले गर्याे ‘भौतिक पुननिर्माण कोष’मा रकम जम्मा गर्न अपिल

,   लिम्बुवान न्युज
                       

काठमाडाैं, ८ असाेज । अर्थ मन्त्रालयले गत भदौ २३ र २४ गते देशभर आगो दन्केर भएको भौतिक पूर्वाधार निर्माणको लागि भन्दै सहयोगको याचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार शाखाको खाताको क्यूआर कोड दिएर सहयोगको अपिल गरेकाे हाे ।

बाणिज्य बैंककाे खाता नम्बर १९६०१००१०२०७०००४ रहेको छ । मन्त्रालयले सहयोग गर्नेलाई करमा सहुलियत दिने पनि उल्लेख गरेकाे छ ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंक प्रसाद पाण्डेयले एक सूचना जारी गर्दै, ‘यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको  चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन, खर्च कट्टी गर्न पाइनेछ ।’ उल्लेख गरेका छन् ।

सरकारले देशभर जलेका भौतिक संरचना बनाउन जनताबाट रकम उठाएको कोषको नाम ‘भौतिक पुननिर्माण कोष’ राखिएको जनाएकाे छ ।

हेर्नुहाेस् सूचनाः

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;