दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडौं, ११ असोज । देशभर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ । गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ ।
जेनजी घाइतेहरूको उपचार गर्न सरकारले ’डेडिकेटेड’ अस्पताल तोक्ने जनाएको छ । शनिबार गृह मन्त्रालयले एक सूचना जारी गरी जानकारी दिएको हो ।
प्राप्त जानकारी अनुसार काठमाडौंमा पाटन, महाराजगन्ज टिचिङ, वीर र सिभिल अस्पताल तोकिने भएको छ । उपत्यका बाहिरको हकमा भने सबै प्रदेशहरुको प्रादेशिक अस्पतालहरूमा यस्तो व्यवस्था मिलाइनेछ ।
’गृह र स्वास्थ्य सचिव सहितको टिमले जेनजी आन्दोलनमा घाइते भएकाहरूको प्रारम्भिक तथ्यांक निकालेको सूचनामा भनिएको छ । साथै विज्ञप्तिमा उनीहरूको परिचय पत्र बनाएर उपचारका निम्ति अस्पताल पनि तोकिएको जनाइएको छ ।
घाइते सबैलाई परिचय पत्र वितरण गरिने यस्तो परिचय पत्र तोकिएका अस्पतालमा भएको जेनजी आन्दोलनका घाइतेका निम्ति खडा गरिएको डेस्कमा बनाउन सकिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस्ता घाइतेको मात्रै उपचार गर्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिने पनि जनाएको छ । परिचयपत्र बनाइसकेपछि त्यस्ता घाइतेको उपचारमा सहजीकरण गर्न अस्पतालमा सम्पर्क व्यक्तिसमेत तोकिनेछ ।
घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने मन्त्रालयले जनाएको छ ।
पुनः परीक्षणमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइनेछ । एम्बुलेन्स नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को समन्वय गरी सवारी साधन पठाउने व्यवस्था मिलाइने पनि स्रोतले जानकारी दियो ।
मन्त्रालयका अनुसार यसको प्रक्रिया आइतबारदेखि नै थालनी हुनेछ । घाइते भएका व्यक्तिहरूको उपचार सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाईन १११५ मार्फत् सहजीकरण गर्ने व्यवस्था मिलाउने पनि मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...