जेनजी आन्दोलनमा २३ सय घाइते, सरकारले परिचयपत्र वितरण गर्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं, ११ असोज । देशभर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ । गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ ।
जेनजी घाइतेहरूको उपचार गर्न सरकारले ’डेडिकेटेड’ अस्पताल तोक्ने जनाएको छ । शनिबार गृह मन्त्रालयले एक सूचना जारी गरी जानकारी दिएको हो ।
प्राप्त जानकारी अनुसार काठमाडौंमा पाटन, महाराजगन्ज टिचिङ, वीर र सिभिल अस्पताल तोकिने भएको छ । उपत्यका बाहिरको हकमा भने सबै प्रदेशहरुको प्रादेशिक अस्पतालहरूमा यस्तो व्यवस्था मिलाइनेछ ।
’गृह र स्वास्थ्य सचिव सहितको टिमले जेनजी आन्दोलनमा घाइते भएकाहरूको प्रारम्भिक तथ्यांक निकालेको सूचनामा भनिएको छ । साथै विज्ञप्तिमा उनीहरूको परिचय पत्र बनाएर उपचारका निम्ति अस्पताल पनि तोकिएको जनाइएको छ ।
घाइते सबैलाई परिचय पत्र वितरण गरिने यस्तो परिचय पत्र तोकिएका अस्पतालमा भएको जेनजी आन्दोलनका घाइतेका निम्ति खडा गरिएको डेस्कमा बनाउन सकिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस्ता घाइतेको मात्रै उपचार गर्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिने पनि जनाएको छ । परिचयपत्र बनाइसकेपछि त्यस्ता घाइतेको उपचारमा सहजीकरण गर्न अस्पतालमा सम्पर्क व्यक्तिसमेत तोकिनेछ ।
घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने मन्त्रालयले जनाएको छ ।
पुनः परीक्षणमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइनेछ । एम्बुलेन्स नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को समन्वय गरी सवारी साधन पठाउने व्यवस्था मिलाइने पनि स्रोतले जानकारी दियो ।
मन्त्रालयका अनुसार यसको प्रक्रिया आइतबारदेखि नै थालनी हुनेछ । घाइते भएका व्यक्तिहरूको उपचार सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाईन १११५ मार्फत् सहजीकरण गर्ने व्यवस्था मिलाउने पनि मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...