राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

 लिम्बुवान न्युज
                       


दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएका हुन् ।


आगामी चारवर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल, सचिवमा दिपेनवाला राई, सहसचिवमा फूलसरी राना र कोषाध्यक्षमा पारषमणि राई निर्वाचित भएका छन् ।
यसरी नै सदस्यहरुमा क्रमसः विष्णु सुब्बा, बासुदेव राई, राजेन्द्र लिम्बू र यमुना भट्टराई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अनिलदेव राईले जानकारी दिए ।
इन्द्रमान चाम्लिङको संयोजकत्वमा ज्ञानदिप राई र मनप्रसाद चेम्जोङ रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक पारष आचार्यले सपथग्रहण गराउनुका साथैं निर्वाचित प्रमाणपत्र प्रदान गरे थिए ।


साधारणसभा साथै नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता मन्तव्य राखेका थिए भने प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका ज्येष्ठ शेयर सदस्य लोकप्रसाद कन्दङवा, संस्थाका सल्लाहकार क्याप्टेन विवी राई लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...