राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

 लिम्बुवान न्युज
                       


दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएका हुन् ।


आगामी चारवर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल, सचिवमा दिपेनवाला राई, सहसचिवमा फूलसरी राना र कोषाध्यक्षमा पारषमणि राई निर्वाचित भएका छन् ।
यसरी नै सदस्यहरुमा क्रमसः विष्णु सुब्बा, बासुदेव राई, राजेन्द्र लिम्बू र यमुना भट्टराई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अनिलदेव राईले जानकारी दिए ।
इन्द्रमान चाम्लिङको संयोजकत्वमा ज्ञानदिप राई र मनप्रसाद चेम्जोङ रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक पारष आचार्यले सपथग्रहण गराउनुका साथैं निर्वाचित प्रमाणपत्र प्रदान गरे थिए ।


साधारणसभा साथै नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता मन्तव्य राखेका थिए भने प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका ज्येष्ठ शेयर सदस्य लोकप्रसाद कन्दङवा, संस्थाका सल्लाहकार क्याप्टेन विवी राई लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;