झापामा ‘उर्फ दारासिङ’ नाटक मञ्चन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, १४ असाेज । मुन क्रियसनसंगको सहकार्यमा चुलाचुली रंगमञ्च इलामद्वारा प्रस्तुत नाटक ‘उर्फ दारासिङ’को सोमबार औपचारिक समापन गरिएको थियो । काठमाडाैंस्थित मण्डला नाटकघरमा अपार सफलतापछि झापामा याे नाटक दाेस्राे पटक देखाइएकाे हाे ।

झापाकाे कमलकाे लखनपुरस्थित रिभर भ्यु रिसोर्टमा  १२औँ दिन तथा १७ औं शो पश्चात् नाटक समापन गरिएको कार्यक्रमका सऺयोजक बिक्रम वनेम फागोले बताउनु भयाे ।

नाटकका मुख्य पात्र कर्ण हाङ केरुङ उर्फ दारासिङले भाषा, संस्कृति र समुदायको लागि खेलेको भुमिकालाई सकारात्मक तर्फबाट प्रस्तुत गरिएको थियो ।

पुर्वी पाँचथर, इलाम र झापामा सरकारले सट्टा भर्ना र झोडा फडानीको नाममा नागरिक माथी गरेको दमन र समुदाय प्रती गरेको रणनीतिक व्यबहारलाई नाटकले प्रहार गरेको छ ।

असोजको २ गते देखि मञ्चन सुरु गरिएको नाटकलाई सुमन लिङ्देनले लेखेका हुन् भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन् भने सह-निर्देशनमा रुपेश लामाले गरेका हुन् ।

१ घण्टा २० मिनेटको समयावधि रहेको नाटकमा लगभग २ दर्जन कलाकार ( प्राविधिक सहित ) ले भुमिका निर्वाह गरेका छन् ।

नाटक समापनमा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । लिङ्देन आफैले प्रत्यक्ष रुपमा देखेको, भोगेको कथालाई यसरी नाटकको रुपमा हेर्न पाउँदा खुसी भएको बताएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;