तेह्रथुम जिल्ला फेदाप गाउपालिका वाड न. ५ निवासी मेरो माइला भाइ सुर्य हुक्पा चोङबाङ र खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा नं. ९ लामाखु निवासी रमिला चाम्लिङ राई बिच वैवाहिक सम्बन्ध जोडिएको थियो । र राई समुदायमा माइत पट्टी छोरीको बिहे लामो समय पछि गर्दा पनि हुने धेरै राम्रो संस्कार रहेछ । त्यस बिहेको टुङगो लगाउनका लागि म २०८२ असोज ४ गते नै धरान झरे । किनकि गाडी धरानबाट धनकुटा हिले, भोजपुर हुदै जान्थ्यो । इसिबुबाट भोलिपल्ट गाडी भेट्न नसकिने हिले नै गएर बस्नुपर्ने हुदा हिले भन्दा धरान नै जानुपर्यो भन्ने लाग्यो । फेरि म संग भलेस्वर हुक्पा चोङबाङ साइनोले काका पनि जानुपर्ने भएको हुदा उहाँ धरान बस्नुहुन्थ्यो । यहि कारणले म धरान झरेको हुँ । र काका संग भेटगरी सपिङ सकेर बेलुकी काकाको डेरामै बसाई भयो ।
भोलिपल्ट २०८२ असोज ५ गते धरान विजयपुरबाट ठिक ६ बजे प्रस्थान गरियो । अमरहाट बाट गाडी चड्नु पर्ने भएकोले अमरहाट गएर एउटा प्रतिक्षालयमा बस्यौं । ढिलो गरि ६:५५ मा सप्तकोसी बस आयो र चढियो । यो बस खोटाङ सम्म जाने भएकोले अघिल्लो दिनमै सम्पर्क गरेका थियौ । धरानबाट हिडेको करिब २ घण्टा ४० मिनेटमा हिले पुग्यौ । ९:१७ मा हिलेबाट मध्यपहाडी बाटो हुदै लागियो । करिबन नौ बजेर चालीस मिनेटमा पाख्रीबासको साझा स्टाप होटलमा बसले खाना खान गाडी रोक्यो र खाना खाइयो । खाना खाइसकेर त्यहा बाट हिडेपछी पाख्रीबास मुख्य चोकमा निक्कै बेर सम्म यात्रु पर्खनु पर्यो । सबै यात्रुहरु आ-आफ्नो गन्तव्य पुग्नुपर्ने हुदा रिसाई रहेका थिए । लेगुवा पुग्ने बेला माङमाया खोला तरियो ।
अरुण नदिसंग जोडिएका वरिपरिको बेसीखेतहरु रहर लाग्दा थिए । सयौ रोपनीमा लगाइएको धानखेतीको लस्कराले मन लोभ्याएको थियो । यो ठाउँ अत्यन्तै उब्जनी हुने ठाउँ हो । हामी लेगुवा बजार पुग्यौ । यो लेगुवा बजार महालक्ष्मी नगरपालिका वडा नं. ५ मा पर्दोरहेछ । अरुण नदि तरियो । यो नदि लिम्बुवान र खम्बुवानको सिमाना छुट्याउने नदि हो । हुन त यहा अरुण वारि सम्म चै म धेरै पटक पुगिसकेको छु । दुई पटक त यो नदिको किनारै किनार पैदल यात्रा गरेको छु ।
उहिले २०६५ साल तिर लिम्बुवानको जागरण आमसभा खादबारीमा हुदा पाख्रीबासको कार्यक्रम सकेर २५ किलो चामलको भारीसंग यो नदिको किनार हुँदै गएको याद ताजा छ । त्यसै गरि २०६६ साल बैशाख तिर सुनसरीको चतरा देखि संखुवा खोला सम्मको लिम्बुवानी मार्चपासमा ५ दिन सम्म अरुण नदिको किनारै किनार हिडेको विगत आलो छ । त्यहाबाट भोजपुर जरायोटार टेक्यौ ।
भोजपुर भने मेरो दोस्रो पटकको यात्रा हो । पेट्रोल पम्पमा तेल हाल्यो गाडिले । गर्मी अत्यधिक रहेछ उक्त ठाउमा । त्यसपछि जरायोटार, ओदाने, बन्चरे, माङसुवा कटेपछी प्याउली पुग्यौ । त्यसैगरी गाडी अघि बढी रहन्दा भञ्ज्याङ जस्तो नभएको ठाउ तिवारी भङ्ञ्ज्याङ पुग्यौ यो औवादुङमा गाउपालिका पर्दोरहेछ । हामी हिलेभन्ज्याङ, साम्सिला, भैसिपङखा, पानी टेङकी, देउराली सम्म पुगिसक्यौ । यहाँ पहिले आउँदा बास बसेका थियौ । अहिले चोकको बीचमा खुकुरीको स्तम्भ बनाएका रहेछन । पहिले थिएन । भोजपुरे खुकुरीको एकदम चर्चा छ । यहाको खुकुरी राम्रो बन्छ भन्ने विश्वास हाम्रो तिर छ । त्यहाबाट गाडी भोजपुर बजारको बसपार्क सम्म पुगेर पुन फर्कियो ।
गाडी निरन्तर अघि बढ्यो शेरा पुल तरेपछी बर्खेटार चोक, डंके, दावाँ बजार पुग्यौ । केही समयपछि बलौटे बजार पुर्यायो गाडीले । त्यहाबाट पिखुवा खोला तरेपछी टेम्केमौयुँ गाउपालिका टेकियो । पिखुवा खोला निक्कै ठूलो खोला रहेछ । टेम्के र मौयुँको संयोजन बाट टेम्केमौयुँ गाउपालिका बनेको रहेछ । स्थानीयहरुको अनुसार टेम्के चाहिँ चाम्के बाट भएको रहेछ । उहिले उहिले राई दाजुभाइहरु त्यस डाँडामा जम्मा भएर खाजा खाएकोलाई चाम्लिङ भाषामा चाम्के भनिएको अप्रभंसित भएर टेम्के भएको भन्ने कुरा आयो । टेम्के डाँडा पहाडी भेगको निक्कै अग्लो डाँडा रहेछ । त्यसपछि अन्नपूर्ण गाउँ पुगियो यो पुरै अन्नपूर्ण भरी अञ्चलडाडा, यलम्बर बस्ती, अम्लाला, डउठेला, गणेश रसिक झरना, नौलो गाउँ, साप्तेनवाङ चोक, जस्ता साना साना ठाउहरु पनि पर्दारहेछन ।
गणेश रसिक झरना छोटो सुन्दर र निश्चल रहेछ । त्यहाबाट गोठेसिं होमस्टे, नारदमुनी थुलुङ स्मृति पार्क, ऐसेलु डाँडा, हुदै चखेवा भञ्ज्याङ पुग्यौ । चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमानामा पर्दोरहेछ । सुन्दर तथा रमणीय ठाउँ छ । यो ठाउँ भोलि घुम्ने योजना नै छ हाम्रो । गाडी निरन्तर अघि बढ्यो ४:३५ मा हामी खोटाङ जिल्ला प्रवेश गर्यौ । खोटाङ जिल्लाको साकेला गाउपालिकाले हामीलाई स्वागत गरेको छ । त्यहादेखी कच्ची बाटो सुरु भयो बाटो एकदम खराब रहेछ ।
मध्यपहाडी लोकमार्गको हालत हाम्रो तेह्रथुम जिल्लाको फेदाप गाउपालिकामा भएको जस्तो अलपत्र त्यहा पनि देखियो । यो सरोकारवालाहरुबाट दबाब पुग्न नसकेको हो कि ठेकेदारको हेलचेक्र्याइ हो बुझ्न सकिएको छैन । यस्ता समस्याहरु यत्रतत्र छन नेपालमा । हाम्रो मुलुक यहि कारण युगौ पछि परिरहेको छ ।
यहाबाट करिब ११ किलोमिटर कच्ची बाटो पर्दोरहेछ । गाडी फस्दै दिक्क लाग्नेगरी हामीलाई बाँझे, सेखुवा खोला तारेर झगरपुर, वातुङ, पुर्यायो । रातको ६ बजिसकेको थियो । साप्सुखोला साकेला गाउपालिका र दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको सिमाना रहेछ । यो खोला तरेर हामी पेलुङ बजार पुग्यौ । त्यहाबाट हामी सिधै लामाखु राना गाउँ पुग्यौ ।