इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ।

आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ।

प्रदेश १ का प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको हाे ।

‘विभिन्न पालिकाहरूकाे  ६ स्थान  पहिरो जाँदा कम्तिमा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले बताए ।

प्राप्त जानकारी अनुसार इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम, माइजाेगमाइ र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

सुर्योदय नगरपालिका–५ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको छ ।  त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा २ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको पुष्टि भएकाे छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ स्थित रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, माइजाेगमाइमा ८ को ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अहिले पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ। उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएकाे बताइएकाे छ ।

लगातारको वर्षाका कारण इलाम जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

पहिरोमा परेर बेपत्ता संख्या बढन सक्ने प्रहरीको अनुमान रहेकाे छ। बाढीपहिराेका कारण कति घाइते र क्षति भयाे त्यसकाे विवरण भने संकलन भइ नसकेकाे प्रशासनले जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;